भर्खरै

पहिराले नहर भत्काएपछि लघुजलविद्युत् बन्द

  • प्रकाशित मिति : सोम, भदौ ८, २०७७
  • - रासस
title
भदौ ८ काठमाडौ, बाफुखोलामा पहिराले लघुजलविद्युत्को नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय ओख्रेनी खोलाबाट निकालिएको जलविद्युत् यही भदौ ३ गते आएको अविरल वर्षापछिको पहिराले नहर तथा विद्युत्का खम्बासमेत बगाएपछि तीन सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो । 
 
पहिराले नहर तथा विद्युत्का ६५  पोल तथा तारसमेत बगाएपछि विद्युत् अवरुद्ध भएको विजय लघु जलविद्युत् केन्द्रका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । पहिराले विद्युत्का पोल बगाएपछि तारसमेत तहसनहस भएको केसीको भनाइ छ । “अविरल वर्षाका कारण विद्युत् उत्पादनगृहमा समेत क्षति पुगेको छ, बाढी नै उत्पादनगृहमा पसेपछि क्षति पुगेको छ”, अध्यक्ष केसीले भन्नुभयो । 
 
बाढीका कारण विद्युत् उत्पादन गृहसमेत जोखिममा रहेको अध्यक्ष केसीले बताउनुभयो ।“दुई खोलाबाट आएको बाढी उत्पादन गृहमा पसेको छ, यसले भवनसमेत उच्च जोखिममा छ, यसलाई मर्मतसम्भार नगरी विद्युत् उत्पादन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । 
 
ओखेरनी, दोभान बजार, देउपरी बस्तीमा पहिराले ठूलो क्षति पु¥याएकाले बाँकी रहेका विद्युत्का पोलसमेत स्थानान्तरण गर्नुपर्ने अवस्था हुँदा समस्या रहेको बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपककुमार वलीले जानकारी दिनुभयो । “पहिरो तथा बाढीले अहिले वडा नं। १२ का ७५ प्रतिशत जनता प्रभावित भएका छन्, त्यसमा विद्युत् पनि नराम्ररी प्रभावित भएकाले तत्काल मर्मतसम्भार गरेर बत्ती बाल्न सकिने अवस्था छैन”, वडाध्यक्ष वलीले भन्नुभयो । विद्युत्मा मात्रै पहिराले करिब रु २० लाख बराबरको क्षति पु¥याएको वडाध्यक्ष वलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago