भर्खरै

उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

  • प्रकाशित मिति : सोम, भदौ ८, २०७७
  • - रासस
title
भदौ  ८ काठमाडौ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ । 
उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा पाइप विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप विस्तारको काम गरिरहेको छ । 
 
उहाँका अनुसार निर्देशनालयले पाइप विस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप विस्तार गरिएको हो । उहाँले भन्नुभयो, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”
 
गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाइको ढल विस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयका अभावमा वर्षेनी वर्षाका समयमा सडक पानीले भरिने गरेका छन् । 
 
उहाँका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थानमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उहाँले भन्नुभयो, “ढल निर्माणको काम मुख्य सडक र भित्री सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago