भर्खरै

जूम भिडियो च्याटमा समस्या

  • प्रकाशित मिति : मंगल, भदौ ९, २०७७
  • - Admin
title
भदौ ८, सन फ्रान्सिस्को -अमेरिका_। अमेरिकी भिडियो कन्फ्रेन्सिङ एप जूमको भिडियो च्याटमा समस्या आएको छ । सोमवार बिहान भिडियो मिटिङ सेवा आंशिक रुपमा अवरुद्ध भएको थियो । 
 
प्रयोगकर्ताहरुले जुम वेबसाइटसँग प्रमाणीकरण गर्न नसकेको, ज्वाइन जूम मिटिङ र वेबिनार शुरु गर्न नसकेको लगायत गुनासोहरु पहिचान भएको कम्पनीले वेबसाइटमा बताएको छ । समस्याको कारणबारे भने कम्पनीले केही पनि बताएको छैन । यो समस्याको निराकरण गर्ने प्रयास भइरहेको समेत कम्पनीले उल्लेख गरेको छ । 
 
कोरोना भाइरसको महामरीको समयमा जूम एप निकै उपयोगी बनेको छ । महामारीका कारण प्रभावित बनेको शैक्षिक र व्यवसायिक गतिविधिलाई भर्चुअल बनाउन जूमले निकै टेवा दिएको छ । 
 
मार्च ४ मा १ करोड ४० लाख रहेको जूमको मासिक सक्रिय प्रयोगकर्ता संख्या मे २७ मा बढेर १७ करोड ३० लाख पुगेको विश्लेषक कम्पनी एप्टोपियाको डेटाले देखाएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा कम्पनीको शेयर मूल्य पनि ३२५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago