भर्खरै

विद्युत प्राधिकरणमा कुलमानको पुनःनियुक्ति समाचारमा , वास्तविकता यस्तो

  • प्रकाशित मिति : मंगल, भदौ ९, २०७७
  • - विद्युत संसार संवाददाता
title
भाद्र ९ मंगलवार, काठमाडौ। ‘विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति विषयमा सामाजिक सञ्जाल देखी केही अनलाईन मिडिया समाचार आएको छ । 
  यस्तै प्रकारका खबर मंगलबार सामाजिक संजाल फेसबुकमा अत्याधिक पोष्ट र शेयर भैरहेको छ । कुलमाननै प्राधिकरणको प्रमुख कार्यकारी बनाउन जनदवाव स्वरुप यस्तो ट्रेण्डिङ चलाइएको हो । 
प्राधिकरणमा कुलमान घिसिङ्को पुनर्नियुक्ति भएको भन्दै आएका कुराहरु असत्य भएको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना नदेखिने मन्त्रालयका अधिकारीले बताए । 
मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । 
दैनकि १८ घण्टासम्म लोडसेडिङ् भोग्ने गरेको आम नागरिकलाई  घिसिङ्ले लोडसेडिङ्मुक्त बनाएका थिए ।
अबको चार वर्ष कार्यकाल पनि उनैलाई दोहोर्र्याउनु पर्ने आम नागरिकको माग सामाजिक सञ्जालमा व्यक्त गदौ आफ्नो आबज उठाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago