भर्खरै

वैकल्पिक ऊर्जाका ५ कर्मचारी कोरोना संक्रमित

  • प्रकाशित मिति : बुध, भदौ १०, २०७७
  • - ऊर्जा खबर
title

 काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ९एइपिसी० का ५ कर्मचारी कोरोना ९कोभिड–१९० संक्रमित भएका छन् । विभिन्न चरणमा भएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टी भएको हो ।
 
एक जना कर्मचारीमा कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । पछि ती कर्मचारीको सम्पर्कमा आएका सबैको परीक्षण गर्दा थप ४ जनामा पनि संक्रमण पुष्टी भएको केन्द्रले जनाएको छ ।
 
कार्यालयमा नियमित उपस्थित भएर काम गरिरहेका कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको पिपिआर परीक्षण गरिएको थियो । परीक्षण गर्दा ५ जना बाहेकका कर्मचारीको रिर्पोट नेगेटिभ आएको छ ।
 
संक्रमित कर्मचारीमा कोरोनाको गम्भिर लक्षण नदेखिएकाले उनीहरू अस्पताल नगई घरमै आइसोलेशनमा बसेको पनि केन्द्रले जनाएको छ । कर्मचारी संक्रमित भएपछि केन्द्रको कार्यालय बन्द छ । केन्द्रका अनुसार सबै कर्मचारीले घरबाटै काम गरिरहेका छन् ।

प्रतिक्रिया