भर्खरै

सांसद सिंहद्वारा नदीहरूको स्थलगत अवलोकन निरीक्षण

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - रासस
title
भदौ १२ काठमाडौ, राष्ट्रियसभा सदस्य एवं राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य शेखर सिंहले नदी नियन्त्रण तथा खेतीपातीका लागि सिँचाइको पूर्ण व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सप्तरीका विभिन्न नदीहरुको स्थलगत अवलोकन निरीक्षण पश्चात् सिंहले बर्सेनि बाढीजन्य प्रकोपका कारण भोग्दै आएको सप्तरीबासीको पीडालाई सम्बोधन गर्न पहल गर्ने बताउनुभएको हो ।
 
स्थलगत अवलोकन टोलीलाई सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मा र वडाध्यक्षहरुले नदीका कारण उत्पन्न समस्याका बारेमा जानकारी गराउनुभयो । कमजोर तथा कम उचाइको बाँधको कारण त्रियुगा नदीको बाढीले सप्तकोशी नगरपालिकाको फत्तेपुर, बोचहीलगायतका पाँचभन्दा बढी वडाका बासिन्दालाई डुबाउने गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।
 
सो क्रममा राष्ट्रियसभा सदस्य सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसद्मा उठाउँदै आएको र अझ बलियो ढङ्गले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेको बताउनुभयो ।
 
सप्तकोशी नदीका कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकिर गर्दै सांसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलका नगरपालिकासम्मको कोशीको पश्चिमी तटबन्धलाई बलियो बनाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 
 
सप्तरीको खाँडो, जिता, बलान, महुली, मुतनी, त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गङ्गाजलीलगायतका दर्जनौँ खोलाले बर्सेनि बाढी तथा कटान गर्दै आएको छ । कोशी नदीका कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई महुली खोलाले पनि प्रभावित बनाउँदै आएको छ । महुली खोलाले कटान गरेको क्षेत्रको समेत सांसद सिंहको टोलीले अवलोकन गरेको छ ।
 
अवलोकन निरीक्षण टोलीले सप्तकोशी नगरप्रमुख शर्मा, कञ्चनरुप नगरप्रमुख वसन्तकुमार मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहडखेरसँग बाढीजन्य प्रकोप र त्यसबाट हुने गरेको क्षतिलगायतको बारेमा छलफल गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago