भर्खरै

विद्युत् प्रणाली सुधारका लागि एडीबीको रु.२३ अर्ब ८८ करोड सहुलियत ऋण

  • प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
  • - विद्युत संसार संवाददाता
title
भदौ १२ काठमाडौ, एशियाली विकास ब्यांक (एडीबी) ले नेपालको विद्युत् प्रणालीमा सुधारका लागि करीब रु.२३ अर्ब ८८ करोड ऋण सहयोग गर्ने भएको छ। एडीबीले दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग कार्यान्वयनका लागि विद्युत् प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीमा सुधार गर्न सहुलियत ऋण दिने भएको हो।
 
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपालस्थित आवासीय प्रतिनिधि मुख्तोर खामुदखानोभले ऋण सम्झौतामा हस्ताक्षर गरे।
त्यसका लागि २०० मिलियन अमेरिकी डलर अर्थात् करीब रु.२३ अर्ब ८८ करोड सहुलियत ऋणको सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो। 
 
त्यस्तै, नर्वे सरकारले यही कार्यक्रम कार्यान्वयनका लागि ३५ मिलियन अमेरिकी डलर (करीब रु.४ अर्ब १८ करोड) अनुदान दिने भएको छ। एडीबीले नेतृत्व गरेको परियोजनामा नर्वेले पनि सहवित्तीयकरण गर्न लागेको हो। 
 
एडीबीले दिन लागेको यो सहुलियत ऋण ८ वर्षको ग्रेस अवधिसहित ३२ वर्षका लागि हो। यसको ब्याजदर ग्रेस अवधिमा वार्षिक १ प्रतिशत र बाँकी २४ वर्षका लागि १.५ प्रतिशत छ।
 
मन्त्रिपरिषद्ले केही समयअघि एडीबीसँग सहुलियत ऋण लिने र नर्वे सरकारको अनुदान लिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार, मन्त्रालयले सम्झौता गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago