सांसद चौधरीलाई पनि सङ्क्रमण
- प्रकाशित मिति : शुक्र, भदौ १२, २०७७
- - विद्युत संसार संवाददाता

सांसद विनोद चौधरीलाई कोरोना भाइरस -कोभिड–१९_ को सङ्क्रमण देखिएको छ । आज उहाँले ट्वीट गर्दै आफूलाई पनि कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिएको छ ।
आज बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको उहाँले उल्लेख गर्नुभएको छ । चौधरी ग्रुपका अध्यक्षसमेत रहनुभएका चौधरीले आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताएको छ ।
टुईटरमा जस्ताको तस्तै लिंक सहित