भर्खरै

अझै सम्पन्न भएन नयाँ बानेश्वरमा आकाशे पुल

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - रासस
title
भदौ १४ काठमाडौ, नयाँ बानेश्वर चोकमा निर्माणाधीन आकाशे पुल अझै सम्पन्न भएको छैन । कोभिड–१९ का कारण सो पुलका लागि आवश्यक पर्नै दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माण गर्न नसकिएको हो । 
 
पुल निर्माणको काम थोरै मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुलका लागि दक्ष प्राविधिक वीरगञ्जबाट ल्याउनुपर्ने भए पनि तत्कालको अवस्थामा ल्याउन नसकिएको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अवस्था सामान्य भएर प्राविधिक ल्याएपछि केही दिनमा नै पुल सकिनेछ ।”
 
काठमाडौँको सबैभन्दा बढी पैदलयात्रुले सडक वारपार गर्ने स्थान नयाँ बानेश्वर रहेको छ । डिभिजन सडक कार्यालयले विसं। २०७५ चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक र पुल निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढाइएको थियो । वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago