भर्खरै

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

  • प्रकाशित मिति : सोम, भदौ १५, २०७७
  • - भीमलाल श्रेष्ठ
title
आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  
२४ घण्टामा महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका  छन्  ।
 
 देशभर आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २२८ पुगेको छ।  महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको छ । 
 
यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् । 
 
यस्तै  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago