चट्याङमा परेर एकको मृत्यु

  • प्रकाशित मिति : बुध, भदौ १७, २०७७
  • - रासस
title

भदौ १७ काठमाडौ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 
 
घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मङ्गलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया