करेन्ट लागेर मृत्यु
- प्रकाशित मिति : बुध, भदौ १७, २०७७
- - रासस

भदौ १७ काठमाडौ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।
घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद खाँणले बताउनुभयो ।
कावासोती –२ का कमलप्रसाद पौडेलका घरमा ट्रस लगाउने क्रममा जस्तापाताले विद्युत्को तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि नवलपुर अस्पताल कावासोतीमा लगिए पनि मृत्यु भएको जनाइएको छ ।