भर्खरै

रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

  • प्रकाशित मिति : बुध, भदौ १७, २०७७
  • - रासस
title
कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि  गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ । 
रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गर्नुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख भुसाल र प्रमुख जिल्ला अधिकारी शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । 
टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इञ्जिनीयरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको हो । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि रु चार करोड ५२ लाख नौ हजार छ सयमा सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७६ चैत ४ गते सम्झौता भएको भवन र टावर निर्माणको काम आगामी २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । कोरोना भाइरस महामारीको नियन्त्रण भए तोकिएको समयमा नै काम सम्पन्न गरिने श्रेष्ठले बताउनुभयो । 
विसं २०६३ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीको कार्यकालमा रेसुङ्गा विमानस्थल निर्माणको योजना बनाइएको हो । विसं २०७२ देखि विमानस्थल निर्माणको काम नियमित भएको छ । पछिल्लो समय मन्त्री ज्ञवालीले विमानस्थल निर्माणको कामलाई विशेष चासोका रुपमा लिएपछि आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको विमानस्थल निर्माण समितिका अध्यक्ष एवम् छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो । 
उहाँका अनुसार कोभिडको रोकथाम  र आफूहरुको सोचअनुसार निर्माण व्यवसायीरुले काम गरे समयमै सम्पन्न हुने छ । विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण गर्ने, सम्याउने, पर्खाल लगाउने, बाह्य ढल निर्माणलगायत काम सम्पन्न भएका छन् । यसमा रु २१ करोड खर्च भएको छ । 
विमानस्थल निर्माणका हिसाबले आर्थिक तथा भौतिकरुपमा अहिलेसम्म ४५ प्रतिशत काम भएको परियारले बताउनुभयो । त्यसबाहेक धावन मार्ग, टर्मिनल भवन र  कन्ट्रोल टावर निर्माणको काम पनि समयै सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago