भर्खरै

जहाँ दलित विद्यार्थी मात्रै पढ्छन्

  • प्रकाशित मिति : बिही, भदौ १८, २०७७
  • - रासस
title
भदौ १८ काठमाडौ, माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय । गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे । गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन् । १८ छात्रा, १३ छात्र । सबै दलित समुदायका । विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ । बाल कक्षा पनि चलेको छ । विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ । स्थायी र राहत दरबन्दीमा एक÷एक शिक्षक छन् । दुई शिक्षक स्थानीय स्रोतका ।
 
कमजोर आर्थिक स्थिति र सिमित स्रोत, साधनका बाबजुत बालबालिकालाई गुणस्तरीय शिक्षा दिन विद्यालय सङ्घर्षरत छ । प्रदेश सरकारको सहयोगमा चार कोठे भवन बनेपछि विद्यालयको भौतिक अवस्था केही सुधारिएको छ । खेल मैदानको भने अभाव छ । केही वर्षअघिसम्म विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष सबै दलित समुदायकै थिए । अहिले प्रधानाध्यापकलगायत शिक्षक, कर्मचारी गैरदलित पनि छन् । दलित बाहुल्य बस्तीमा पर्ने भएकाले विद्यालयमा दलित विद्यार्थी धेरै हुनु अनौठो होइन तर, यो विद्यालयमा दलित विद्यार्थी मात्रै पढ्छन् ।
 
विद्यालय नेरफेर अन्य जातिका मानिसको बसोबास नभएको भने होइन । उनीहरुका बालबच्चा दैलोको विद्यालय छाडेर कोही नीजितिर त कोही अन्यत्रको विद्यालय जान्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जीका अनुसार सार्वजनिकरुपमा अनुरोध गर्दा पनि गैरदलित समुदायका बालबालिका भर्ना हुन आउँदैनन् ।
 
“अभिभावकलाई भेटेरै अनुरोध गर्दा पनि भर्ना गर्न मान्नुहुन्न, कसैले सानो कक्षामा पढ्ने बालबच्चा घरमा छैनन् भन्नुहुन्छ, कसैको घुमाउरो कुरा आउँछ”, उहाँले भन्नुभयो । आफ्ना बालबालिकालाई कहाँ पढाउने भन्ने विषय अभिभावकको स्वतन्त्रता भएकाले विद्यालयले बढी जोड गर्न नमिल्ने उहाँको तर्क छ । “कतिपयमा त्यो दलित समुदायले चलाएको विद्यालय हो, दलित विद्यार्थी मात्रै पढ्छन्, हामीले त्यहाँ पठाउनुहुन्न भन्ने सोच हुनसक्छ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा कसैले केही नभनेपनि हामीलाई बेलाबेला विभेद गरिएको हो की भन्ने भान हुन्छ ।” उहाँले मौलिक परिचयका साथ विद्यालयलाई स्थापित गर्नमा आफूहरुको जोड रहेको उल्लेख गर्नुभयो ।
 
विद्यालयका प्रअ कल्पना गौतमले विद्यालयमा गुणस्तरीय सिकाइको वातावरण बनाउन आफूहरु लागिपरेको बताउनुभयो । विद्यालयमा आर्थिक स्रोत र शैक्षिक विकासका लागि पूर्वाधार अभाव रहेको उहाँको भनाइ छ । “अङ्ग्रेजी माध्यमको पढाइका लागि स्थानीय स्रोतबाट शिक्षक व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो ।
 
प्रअ गौतमले विद्यालयमा कम्प्युटर शिक्षाको योजना रहेपनि आर्थिक स्रोत नजुट्दा समस्या निम्तिएको बताउनुभयो । प्रविधियुक्त सिकाइका लागि स्रोत, साधनको कमी छ । स्थानीय तहलगायत सरकारी निकायबाट धेरथोर सहयोग आएपनि त्यो प्रयाप्त छैन । सङ्घसंस्था, दाताले बेलाबेला विद्यार्थीका लागि शैक्षिक सामग्री, पोशाक वितरण गर्दै आएका छन् । गत साता गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले अक्षयकोषमा रहने गरी रु। ५० हजार आर्थिक सहयोग गरेको थियो ।
 
“गाउँको विद्यालयलाई सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हौँ”, समितिका अध्यक्ष रामु थापा काजीले भन्नुभयो । विद्यालयलाई पहिलोपटक अक्षयकोषका रुपमा सहयोग आएको प्रअ गौतमले बताउनुभयो । “विद्यालयमा अहिलेसम्म कुनै कोष थिएन”, उहाँले भन्नुभयो । अक्षयकोषको ब्याजबाट वर्षेनि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत÷सम्मान गर्ने सोच विद्यालयको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago