भर्खरै

करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : बिही, भदौ १८, २०७७
  • - रासस
title

नवलपरासी बर्दघाट,सुस्ता पश्चिम०को सुस्ता गाउँपालिका–१ रुपौलियामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।
 
     रुपौलियाको वाटिका कृषि सहकारी संस्था अगाडि रहेको बिजुलीको खम्बामा बिग्रिएको बत्ती बनाउने क्रममा  करेन्ट लाग्दा सोही स्थानका  ५२ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो ।
 
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि चिसापानी अस्पताल बर्दघाट ल्याउने क्रममा बाटामै मृत्यु भएको वडाध्यक्ष अशोककुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago