भर्खरै

रुकुमकोट अन्धकार

  • प्रकाशित मिति : बिही, भदौ १८, २०७७
  • - रासस
title

भदौ १८ काठमाडौ, विद्युत् सेवा अवरुद्ध हुँदा  चार दिनदेखि रुकुम ९पूर्व०को सदरमुकाम रुकुमकोट अन्धकार भएको छ । गत सोमबारदेखि अवरुद्ध विद्युत् सेवा आजसम्म चलेको छैन । 
रुकुम९पश्चिम० बाफीकोट गाउँपालिका –१ लागिममा रहेको नवभिजन लघुजलविद्युत् आयोजनाको विद्युत्गृह रहेको बेल्ट चँुडिएपछि विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो ।  विद्युत् सेवा अवरुद्ध भएपछि जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ रुकुमकोटका साथै  वडा नम्बर ३,४ र रुकुम९पश्चिम० बाफीकोट गाउँपालिका वडा नं १ का नागरिक अन्धकारमा बस्न बाध्य छन् । आयोजनाको विद्युत् सेवा अवरुद्ध भएपछि रुकुम९पूर्व० र पश्चिमका गरी करीब एक हजार दुई सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । 
 
विद्युत् सेवा बन्द भएपछि सर्वसाधारण र  विद्यार्थी समस्यामा छन् । यस्तै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा पनि नियमित कामकाजमा समस्या भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख अरवीन्द्रमणि त्रिपाठीले बताउनुभयो । सिस्ने– ५ का सोलोभ सेनले विद्युत् सेवा बन्द हुँदा मोबाइल चार्ज गर्न, घरको दैनिक कामकाज र  विद्युतीय काम गर्न समस्या भएको गुनासो गर्नुभयो । 
 अर्को नयाँ बेल्ट ल्याएर जडान गरेपछि मात्र चल्ने  आयोजना सहकारी संस्थाका उपाध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो । बेल्ट लिनका लागि एक टोली बुटवल पुगेको छ । 
डिकको ट्रयाक खुला गर्न भूमेमा रु ६ करोड बजेट
 भूमे गाउँपलिकामा चालु आर्थिक वर्षमा नयाँ ट्रयाक खोल्नका लागि रु ६ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । 
गाउँपालिकाअन्तर्गतका सात खण्डका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारबाट उक्त बजेट विनियोजन गरिएको जनाइएको छ  ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago