भर्खरै

प्रविधिमार्फत सम्मेलनमा जोडिए ८८ गुरुकुल

  • प्रकाशित मिति : शुक्र, भदौ १९, २०७७
  • - रासस
title
गुरुकुल वेद पढ्ने, कर्मकाण्ड सिक्ने ठाउँ हो । यहाँ अध्ययन गर्नेले समसामयिक कुरा एवं सूचना प्रविधिका विषयमा जान्दैनन् भन्ने सोच पाल्नुभएको छ भने अब त्यो गलत सावित भएको छ ।
 
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बीच देशका ५० जिल्लामा फैलिएका ८८ गुरुकुलले जुम प्रविधिमार्फत् सम्मेलन गरेका छन् । विसं २०७० देखि गुरुकुल प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल महर्षि वैदिक फाउण्डेसनले यो प्रविधिबाट सम्मेलनको आयोजना गरेको हो । गुरुकुलमा विश्व शान्तिको सङ्कल्पले सात वर्ष अघिदेखि शुरु गरिएको वैदिक रुद्राभिषेक पनि प्रविधिका माध्यमबाट हेर्न सकिने गरी पूर्वाधार व्यवस्था गरिएको थियो ।
 
राज्य व्यवस्थाको उच्चतम वैदिक समाजवादको ज्ञान दिने स्थान गुरुकुल नै हो । यसका लागि समाजमा जनचेतनाको विस्तार तथा गुरुकुल व्यवस्थापकलाई अझ बढी सचेत र जागरूक बनाउँदै गुरुकुलको दिगो विकास, समृद्धि तथा आदर्श स्थापित गराउने उद्देश्यले आयोजना गरिएको सम्मेलन भदौ १० गतेदेखि शुरु भएको हो । सम्मेलन प्रदेशगतरूपमा आयोजना गरिएको थियो ।
 
प्रविधिमार्फत् एक सातासम्म आयोजना गरिएको गुरुकुल सम्मेलनमा देशभरका ८८ वटा गुरुकुलका प्रतिनिधिले वैदिक यज्ञको प्रभावकारिता, गुणस्तरीय शिक्षा, गुरुकुललाई आत्मनिर्भर बनाउन अक्षयकोषको व्यवस्था, वैदिक संस्कारसँग जोडिएका सामग्रीको उत्पादन तथा गुरुकुल परिसरमा वैदिक जैविक कृषि र गुरुकुललाई ध्यान र ज्ञान केन्द्र बनाउनु पर्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो । 
 
संस्थाका पदाधिकारी, भावातीत ध्यान र सिद्धि प्रशिक्षक तथा गुरुकुल निरीक्षक, गुरुकुलमा कार्यरत भावातीत ध्यान शिक्षक, आचार्यलगायत गुरुकुल सञ्चालक समितिका पदाधिकारीको सम्मेलनमा सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।
 
“गुरुकुलले स्वावलम्बी बन्दै उच्चस्तरको शिक्षा प्रदान गरी आधुनिक समाजका उत्कृष्ट राजनेता, प्रशासक, न्यायाधीश तथा विभिन्न क्षेत्रका विज्ञ उत्पादन गर्न सक्नुपर्छ, गुरुकुल ध्यान र ज्ञान केन्द्र बन्नु पर्दछ, समाजमा आएका जुनसुकै समस्यालाई आयुर्वेद, ज्योतिष, वास्तुशास्त्र, वैदिक कृषि, यज्ञ अनुष्ठान जस्ता वैदिक प्रविधिद्वारा समाधान गर्न सक्ने केन्द्रका रूपमा गुरुकुल स्थापित हुनु पर्दछ”, उहाँले भन्नुभयो ।  
 
‘आधुनिक विज्ञानको जननी वैदिक ज्ञान’

विनापरिधीय विश्व शान्ति राष्ट्रका तर्फबाट नेपालका लागि अन्तर्राष्ट्रिय निर्देशक डा किङ्ग्स्ले ब्रुक्सले आधुनिक विज्ञानको जननी वैदिक ज्ञान रहेको उल्लेख गर्दै वैदिक प्रविधिले प्रकृतिको सूक्ष्मस्तरमा प्रभाव पार्न सक्ने भएकाले यस्तो ज्ञानलाई जीवित राख्न गुरुकुलको संस्थागत विकास हुनुपर्ने बताउनुभयो । “वैदिक प्रविधिको पूरा प्रभाव ल्याउनका लागि प्रकृतिको सूक्ष्मतम स्तर प्राकृतिक नियमको एकत्वको क्षेत्रको अनुभव हुनु पर्दछ, जुन हामीभित्रै निहित भावातीत चेतनाको अनुभव हुनु हो, त्यसका लागि वैदिक पण्डितले दैनिक भावातीत ध्यान, सिद्धि र यौगिक उडानको अभ्यासबाट परा क्षेत्रमा स्थापित हुँदै वैदिक अनुष्ठान गर्नु पर्दछ”, उहाँले भन्नुभयो । 
 
  ब्रह्मचारीद्वय आत्माराम र रामप्रसादले आद्यशङ्कराचार्यको ‘यदि यज्ञबाट फल प्राप्त भएको छैन भने यो बुझ्नु पर्दछ कि यज्ञ सहीरूपमा गरिएको छैन, अन्यथा यज्ञबाट शतप्रतिशत नै फल प्राप्त हुन्छ’ भन्ने भनाइलाई स्मरण गराउनुभएको थियो । सहीरूपमा यज्ञ गर्न गराउन गुरुकुल सफल हुनुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।
 
कार्यक्रममा चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, भावातीत ध्यान र सिद्धि प्रशिक्षक सोमनाथ गर्तौला, संस्थाका व्यवस्थापक तथा भावातीत ध्यान शिक्षकत्रय डिल्लीराम अधिकारी, तुलसी नेपाल र अभिमन्यु नेपाललगायतले अहिलेको मानिसलाई मानसिक शान्ति तथा स्वस्थ शरीर बनाउन र ध्यान सिकाइ नियमित अभ्यासका लागि गुरुकुल ध्यान केन्द्र बन्नुपर्नेमा जोड दिनुुभएको थियो ।
 
विसं २०७० मा देशभर सञ्चालनमा रहेका गुरुकुलसँग सहकार्य गर्ने गरी गुरुकुल प्रवद्र्धन कार्यक्रम शुरु भएको थियो । गुरुकुल प्रवद्र्धन निर्देशिका, २०७० जारी गर्दै फाउण्डेसनले २०७० माघ २२ गतेदेखि देशभरका १४ वटा गुरुकुलबाट  कार्यक्रमको थालनी गरेको हो । 
 
फाउण्डेसनले गुरुकुलमा योगासन, प्राणायाम, भावातीत ध्यान र सिद्धि एवं वैदिक रुद्राभिषेक यज्ञ तथा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको छ । गुरुकुलको सर्वाङ्गीण विकासका लागि विशेष पहल एवं सहयोग भइरहेको छ । वैदिक सनातन धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यताको संरक्षण, संवद्र्धन तथा प्रचारप्रसारका लागि समुदायद्वारा स्थापित गुरुकुलसँग फाउण्डेसनले सहकार्य गरेको अध्यक्ष बाँस्कोटाले बताउनुभयो ।
 
  कार्यक्रममार्फत् फाउन्डेसनले गुरुकुलका दैनिक क्रियाकलाप वैदिक दिनचर्यामूलक बनाउन त्रिकाल सन्ध्यावन्दन, ध्यान साधना एवं मन्त्रमय क्रियाकलाप तथा गुणस्तरीय शिक्षाको व्यवस्थाद्वारा गुरुकुलमा वैदिक संस्कृति, आचरण एवं ज्ञानको जागृतिको व्यवस्था गरेको छ ।
 
फाउण्डेसनले निकट भविष्यमा १२५ गुरुकुलसँग सहकार्यको लक्ष्य राखेको छ । गुरुकुलसँग सहकार्यको सात वर्षमा फाउण्डेसनले सातवटै सम्मेलनको आयोजना गरिसकेको छ । यस पटक भने कोरोना महामारीका कारण सम्मेलन जुम प्रविधिमार्फत् सञ्चालन गरिएको हो । राज्यले वैकल्पिक शिक्षाको रूपमा मात्रै स्वीकारेको गुरुकुल शिक्षा, मूल रूपमा मानव जीवनको सर्वोच्च आधार हो । विश्वका प्रायः सम्पूर्ण भाषाको जननी तथा प्रकृतिको भाषा संस्कृतको संरक्षणमा गुरुकुलको महत्वपूर्ण देन रहेकामा सम्मेलनले जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago