भर्खरै

काठमाडौं उपत्यकामा मात्र ४०८ जना सहित देशभर थप १०४१ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : शनि, भदौ २०, २०७७
  • - शिखर श्रेष्ठ
title

 
भदौ २०,काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४०८ जना सहित देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९  र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण भएको छ ।
 यससँगै देशमा हालसम्म कुल संख्या संख्या ४५ हजार २७७ पुगेको छ। 
 
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।  संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । 
यस्तै बितेको २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  
 
 
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेका छन् भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।  

प्रतिक्रिया