भर्खरै

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँः मुख्यमन्त्री गुरुङ

  • प्रकाशित मिति : शनि, भदौ २०, २०७७
  • - रासस
title
भदौ २०,काठमाडौं । यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गर्नुभएको छ । राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताउनुभयो ।
 
बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “पीडितले चाहेअनुसारको घर निर्माणमा सङ्घ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नगरपालिकाले जग्गा व्यवस्थापन गरे एकीकृत बस्ती निर्माण गर्दा सदाका लागि सुरक्षित हुन सकिन्छ ।”
 
गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  । उहाँले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताउनुभएको छ । “प्रदेश सरकार तपाईंको दुःखमा साथ दिन यहाँ आएको हो, सक्दो सहयोग गर्छौं, बस्ती पुनःनिर्माण गर्ने गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था हुन्छ”, गुरुङले भन्नुभयो । गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएको थियो ।
 
अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago