भर्खरै

एक जिल्लामा बत्ती गए तीन जिल्ला अन्धकार

  • प्रकाशित मिति : आईत, भदौ २१, २०७७
  • - रासस
title
भदौ २१, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नु परेको छ ।  
 
विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य  हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाबिँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिनुभयो । मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । 
 
तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन । जग्गा खोजी गर्ने, लाइन विस्तार गर्नेलगायत कामका लागि गत वर्षदेखि शुरुआत गरिए पनि अहिलेसम्म कुनै  काम हुन नसकेको हो । 
सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युत्को पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago