भर्खरै

विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : सोम, भदौ २२, २०७७
  • - रासस
title

 भदौ, २२ काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ ।
 
सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उहाँले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
 
सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया