भर्खरै

अव्यवस्थित विद्युतीकरणले बढायो सुरक्षा जोखिम

  • प्रकाशित मिति : मंगल, भदौ २३, २०७७
  • - रासस
title
भदौ २३ काठमाडौ, अव्यवस्थित विद्युतीकरणका कारण जिल्लामा भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । 
 
विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो । जथाभावी तानिएका विद्युत्का नाङ्गो तारमध्ये कतै अग्लो रुखमा त कतै घरको छतमा टाँसिएका कारण कुनैबेला पनि करेन्ट लाग्न तथा आगलागी हुनसक्ने उच्च सम्भावना भएकाले स्थानीयवासीमा त्रास फैलिएको छ । 
 
जिल्लाको शिखर नगरपालिका, आदर्श गाउँपालिका, केआइसिंह गाउँपालिका, दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा गरिएको विद्युत् विस्तारका लाइन लामो समयदेखि व्यवस्थित गरिएको छैन । अग्लो रुखमा टाँसिएका विद्युत्का नाङ्गो तारका कारण सामान्य पानी पर्दासमेत करेन्ट प्रवाह हुने तथा विद्युत्को फ्यूज उड्ने र विद्युत् सञ्चालन बन्द हुने गरेको दीपायल सिलगढी नगरपालिका–४ गैराका स्थानीयवासी कैलाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा विस्तार भएका विद्युत्का तार नाङ्गो र रुख छोएर गएका छन्, पानी पर्दा रुखमा करेन्ट प्रवाह हुन्छ, समय समयमा तार छुइने हुँदा फ्यूज उडेर घण्टौँसम्म लाइनसमेत जाने गरेको छ, खतरा बढेको छ ।” यसरी अव्यवस्थितरुपमा तानिएका तारले नागरिकको सुरक्षा जोखिम बढाएको भन्दै पटकपटक विद्युत् कार्यालयमा जानकारी दिँदासमेत तार व्यवस्थापनका लागि कुनै पहल नगरिएको स्थानीयवासीको आरोप छ ।
 
अव्यवस्थित तथा नाङ्गो तारका कारण जिल्लाको सबैभन्दा बढी दीपायल सिलगढी नगरपालिकाको हलिखोला, गैरा, कुमालीकोट, सुनगढा, पिपल्ला, घट्टेखोला, आदर्श गाउँपालिकाको बाझककानी, भुँण, मौवानगरदह, चासी, केआइसिंह गाउँपालिकाको काफली, रानागाउँ, दल्ल, चन्केसैन, पलेडी, कुलाऊ, छाती, वायल तथा खिशर नगरपालिकाको आली अतुराली, मुडेगाउँ, कपल्लेकी, खुडखुडा र सुर्खाललगायतका स्थानमा बढी जोखिम बढेको स्थानीयवासी बताउँछन् । 
 
जथाभावी विद्युत्का तार तानेका कारण यहाँका दर्जनौँ गाउँका नागरिकको सुरक्षा जोखिम बढाएको शिखर नगरपािलका–३ का स्थानीयवासी तेजबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौं पहिले विद्युत् विस्तार गर्ने क्रममा आलो रुखलाई विद्युत् पोल बनाएर तार तानिएको छ, जति बेला पनि घटना हुनसक्ने भएकाले सुरक्षा जोखिम बढेको हो ।” अव्यवस्थित तानिएका विद्युत् तारका कारण जिल्लामा विगत चार वर्षको अवधिमा करेन्ट लागेर १२ जनाको ज्यान गइसकेको छ । 
 
जिल्लामा अव्यवस्थितरुपमा तानिएका तारका कारण विद्युत् अनियमित हुने, ट्रान्सफर्मर सर्ट हुने, बत्ती डिम जल्नेलगायतका समस्या हुँदै आएको दीपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी शैलेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित तारका कारण बत्ती आउने जाने समस्या हुँदै छ, कार्यालयको लापरवाहीले कहिले घटना हुन्छ थाहा छैन ।” डोटी विद्युत् वितरण केन्द्र दीपायलका प्रमुख कपिलदेव जोशीले अव्यवस्थित तथा रुखमा पोल बनाई विद्युत् विस्तार गरिएका ठाउँमा नयाँ पोल गाडेर विद्युत् विस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “म कार्यालय प्रमुख भएर आउनुभन्दा पहिले यसरी विद्युत् विस्तार गरिएको रहेछ, अहिले जानकारी पाएँ, अब छिट्टै ती ठाउँमा फलामे पोल गाडेर विद्युत् विस्तार गर्ने र्छौं ।” 
 
गाउँमा मात्रै नभएर यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, राजपुर तथा जिल्ला सदरमुकाम सिलगढीमा समेत अव्यवस्थित विद्युत् तार विस्तार गरिएका कारण समस्या हुँदै आएको छ । बजेट अभावका कारण बजारमा विस्तार गरिएका तारको उचित व्यवस्थापन गर्न नसकिएको डोटी विद्युत् वितरण केन्द्र दीपायलले जनाएको छ । अव्यवस्थित विद्युत् विस्तारका कारण जिल्लामा कयौँ पटक आगलागीसमेत भएको छ । विद्युत् सवस्टेशनको कार्यालय पिपल्लामा समेत अव्यवस्थित विद्युत् विस्तार तथा नाङ्गो तार छोडिएका कारण विसं २०७१ मा आगलागी हुँदा करोडौँका उपकरण जलेर खरानी भएका थिए । आगलागीपछि अहिले उक्त कार्यालयमा अन्डरग्राउण्ड तार विस्तार गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago