भर्खरै

महाराजगन्ज वितरण केन्द्रका १३ सय ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान

  • प्रकाशित मिति : मंगल, भदौ २३, २०७७
  • - धना ढकाल
title
 
भदौं २३ गते,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानीका १३ सय ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिरहेको हो ।
 
अहिलेसम्म प्राधिकरण महामारजगन्ज वितरण केन्द्रअन्तर्गत मण्डीखाटार क्षेत्रका ग्राहकको पुरानो मिटर बदली गरेर स्मार्ट मिटर जडान कार्य भइरहेको आयोजना प्रमुख रोशन न्यौपानेले जानकारी दिए । उनका अनुसार सोमबारसम्ममा २८ वटा थ्रीफेज र बाँकी सिंगल फेज स्मार्ट मिटर जडान गरिएको छ ।
 
‘कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोक्न लगाइएको निषेधाज्ञाका कारण एक साता स्मार्ट मिटर जडान कार्य प्रभावित भयो,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले विना अवरोध काम भइरहेको छ ।’ उनले दैनिक १० वटा समूहले पुरानो मिटर बदली गरेर नयाँ स्मार्ट मिटर जडान गर्दै आएको छ । छतमा सौर्य ऊर्जा प्रणाली जडान गरेका ग्राहकको घरमा नेट मिटरिङ हुने गरी स्मार्ट मिटर राखिएको छ ।
 
मिटर जडानको ठेक्का पाएको ठेकेदार कम्पनीलाई कामदारको संख्या थपेर जडान कार्यलाई तीव्रता दिन भनेको पनि उनले बताए । पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ९८ हजार ग्राहकको विद्युत मिटर स्मार्ट बनाउने प्राधिकरणको लक्ष्य छ ।ऊर्जा खबर
 
आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक ९एडिबी० ले ऋण लगानी गरेको छ । रत्नपार्क र महाराजगन्जपछि दोस्रो चरणमा काठमाडौं, ललितपुर र भक्तपुरका सबै वितरण केन्द्रका ग्राहकको घरमा पनि स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago