भर्खरै

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

  • प्रकाशित मिति : बुध, भदौ २४, २०७७
  • - Admin
title
 
भदौं २४, काठमाण्डौं  । काठमाण्डौं सरकारले आगामी बिहीबारसम्म मूल्य अभिवृद्धिकर ९भ्याट० बुझाउन ताकेता गरेपछि अहिले व्यवसायी एवं सरोकारवालाले तीव्र असन्तुष्टि जनाउँदै निषेधाज्ञाबीच तोकिएको समयभित्र तिर्न नसक्ने भन्दै आगामी २ महिनासम्म म्याद थप्न माग गरेका छन् ।
 
उद्योगी व्यवसायीले तोकिएको समयभित्र मूल्य अभिवृद्धि कर ९भ्याट० नबुझाएमा विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने हुन्छ । सरकारले पछिल्लोपटक जारी राखेको निषेधाज्ञाको समयावधि पनि बुधबार राति १२ बजेसम्म कायमै छ । यस्तो अवस्थामा व्यवसायीले बिहीबारभित्र भ्याट विवरण नबुझाए विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने आन्तरिक राजस्व विभागको चेतावनी छ ।
 
अहिले बढ्दो कोरोना संक्रमणको त्रासले कडा निषेधाज्ञा कायमै रहेका बेला सरकारले भ्याट तिर्न यस्तो ताकेता गर्नु गलत भएको भन्दै व्यवसायीले सरकारले भ्याट तिर्ने म्याद थप गर्नुपर्ने माग गरेका हुन् ।
 
लामो समयको निषेधाज्ञा लगाएर व्यवसायीलाई घरभित्रै बस्न बाध्य बनाई सरकारले जबर्जस्ती भ्याट तिर्न लगाएकामा दुःख व्यक्त गर्दै उनीहरूले कम्तीमा २ महिना समय थप्नुपर्ने भन्दै सरकारको सो ताकेताप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।
 
पछिल्लो समय सरकारले जारी राखेको निषेधाज्ञा थप कडा भएकाले बुधबारसम्म घरमा थुनिएका व्यवसायीले २५ भदौमा भ्याट करसम्बन्धी सबै कागजात तयार पार्न नसक्ने दाबी गर्दै उनीहरूले अफिसमा पुगेर आफ्नो व्यवसायका सबै कागजात मिलाउन समय लाग्ने भएकाले दुई महिना समय थपिदिन सरकारसँग आग्रह गरेका हुन् ।
 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले यस्तो अवस्थामा अव्यावहारिक काम गरेको आरोप लगाए । कोरोना महामारीबीच पनि भ्याट उठाउन सरकारले व्यवसायीलाई ताकेता गरेको भन्दै उनले यस्तो बेलामा राजस्व उठाउनेतर्फ सोच्नु नै गलत भएको बताए ।यो समाचार आजनको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago