भर्खरै

पेट्रोलियम पाइपलाइनले वर्ष दिनमा जोगायो ८० करोड

  • प्रकाशित मिति : बुध, भदौ २४, २०७७
  • - अनलाइनखबर
title
 भदौ २४,काठमाडौं । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनको एक वर्ष पुरा भएको छ । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको निगमले जनाएको छ ।
 
उक्त परिणामको डिजेल आयात गर्दा यस अघि हुने ढुवानी तथा तापक्रम नोक्सानीबापतको झण्डै एक अर्ब रुपैयाँ जोगिएको नेपाल आयल निगमले जनाएको छ । प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्त भर्चुअल उद्घाटन गरेका थिए ।
 
एक वर्षमा दुई लाख ६७ हजार ट्यांकर बराबरको डिजेल पाइपलाइनमार्फत भित्रिएको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । एक वर्षमा ५३ करोड ४१ लाख लिटर डिजेल आयात भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए ।
 
भारतको बरौनीदेखि नेपालको अमलेखगन्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकोमा पाइपलाइनपछि सो खर्च जोगिएको निगमको केन्द्रीय कार्यालयले जनाएको छ ।
 
एक वर्षमा ५३ करोड ४१ लाख लिटर इन्धन आयात हुँदा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा तथा करिब १५ लाख रुपैयाँ तापक्रम नोक्सानी बापत जोगिएको निगमको दावी छ ।
 
बरौनी र अमलेखगञ्जको तापक्रममा तीन डिग्रीको फरक रहेको र यसको नोक्सानी एउटा ट्यांकरमा ४५ लिटर बराबर हुने गर्थ्यो । यसका अलवा इन्धन चोरी र ट्यांकरका हुने घट्दा थप फाइदा भएको निगमले जनाएको छ ।
 
कोभिड-१९ का कारण इन्धन खपत काम हुँदा पाइलाइन झैं पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको निगमले जनाएको छ । हाल हप्तामा तीन दिनमात्रै सञ्चालनमा आइरहेको पाइपलाइनबाट वाषिर्क डेढ अर्ब जोगिने अनुमान निगमले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago