भर्खरै

सवारी साधनको नम्बर प्लेट नेपालीमा राख्न माग

  • प्रकाशित मिति : बिही, भदौ २५, २०७७
  • - रासस
title
नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो ।
 
विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेषगरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ, विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।” 
 
विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्न माग गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago