भर्खरै

सबैको लागी व्यवसायीक शिक्षा दिन हामी लागी परेका छौः मन्त्री पोखरेल

  • प्रकाशित मिति : बिही, भदौ २५, २०७७
  • - विद्युत संसार संवाददाता
title
भदौ २५ काठमाडौ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नेपालमा सबै नागरिकको लागी प्राविधिक व्यवसायीक शिक्षाको प्रत्यभुत गराउनमा लागी परेको बताएका छन् । 
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आफ्नो छैटौ स्थापना दिवसको अवसर गरेको  भर्चुवल कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । 
 
उनले भने श्रमलाई सिप सँग सिपलाई उत्पादन सँग र उत्पादनलाई समृद्धी सँग जोडेर मात्र हामी समृद्ध नेपाल सुखी नेपाली को अबधारण पुरा हुन सकिने भन्दै उनले भने “देशमा अब हावामा जनशक्ति उत्पादन गर्ने होईन योजनाबद्ध ढङ्गले जनशक्ती उत्पादन गर्न तर्फ हामी अघि बढेका छौ ।”
हाल ६३७ पालिकामा प्राविधिक शिक्षा र ५३ वटा जिल्ला साक्षार जिल्ला घोषणा गरेको मन्त्री पोरेलले बताए । 
तालिम दिने सबैले आफुले दिएको तालिमको प्रभावकारीताको मुल्याङ्कन गर्दै अबका तालिमहरु गुणात्मक रुपमा प्रदान गर्न समेत आग्रह गरेका छन् ।
 
यो वर्ष साक्षार नेपाल घोषणा गर्दै शिक्षित नेपाल बनाउने तर्फ अगाडी बढाको बताउदै उनले भने “साक्षारताको यस्तो ठूलो महत्व छ कि बास्तवमा गरिविलाई न्यून बनाउनको लागी, सामाजिक आर्थिक रुपान्तरणको लागी सचेत नागरिक नभएसम्म राजनीतिक प्रणाली जीवन्त र गतिशिल हुन सक्दैन ।”
सो कार्यक्रममा मन्त्री पोखरेलले कोभिड–१९ को बेलामा सबै नागरिकले सरकारले गरेको आदेश पालना गरि यस महामारीमा सबैले साथ दिन समेत आग्रह समेत गरे ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago