भर्खरै

उपत्यकामा एकैदिन ५७२ जना सहित देशभर १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

  • प्रकाशित मिति : बिही, भदौ २५, २०७७
  • - शिखर श्रेष्ठ
title

भदौ, २५ काठमाडौं । उपत्यकामा ५७२ जना सहित देशभर १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 
 काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
 
काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
 पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । 
 
यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 
पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 13 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago