भर्खरै

प्राधिकरणले गरेका २२६० मेगावाटका पिपिए अवैध भएको अदालतको ठहर, कुलमानको विपक्षमा निवेदन

  • प्रकाशित मिति : सोम, भदौ २९, २०७७
  • - विद्युत संसार संवाददाता
title
 
भदौ २९ काठमाडौं । उच्च अदालत पाटनले विद्युत् नियमन आयोग सक्रिय भएको समयदेखि नेपल विद्युत् प्राधिकरणले गरेका सबै विद्युत् खरिद सम्झौता (पिपिए) अवैध भएको ठहर गरेको छ ।
 
अदालतले आज आयोग सक्रिय भएदेखिका सबै पिपिए रोक्न वा अगाडि नबढाउन भन्दै प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
 
 निवेदक दामोदर सुबेदीको निवेदनका आधारमा अधिवक्ता विक्रम राई र काशीप्रसाद घिमिरेको बहस तथा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलाशसले अन्तरिम आदेश जारी गरेको छ ।
 
सुबेदीले प्राधिकरण तथा कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत विपक्षी बनाई आयोग कार्यान्वयन भएदेखिका सबै पिपिए बदर गर्न वा अन्तरिम आदेश जारी गरी पाउँ भनी निवेदन दिएका थिए । 
 
 घिसिङलाई कार्यकालको अन्त्य तथा पुनर्नियुक्तिको चर्चा भइरहँदा अदालतले विगतमा गरिएका पिपिए गैरकानुनी रहेको ठहर गरिएकोले घिसिङलाई  अप्ठ्यारो पर्ने देखिन्छ ।
 
प्राधिकरणले २०७६ बैशाख ११ गतेसम्म प्राधिकरणले २२ सय ६० मेगावाटका १ सय १५ आयोजनाको पिपिए गरेको छ । 
 
घिसिङ कार्यकाल सकिएर पुनर्नियुक्तिको चर्चा भइरहँदा अदालतले उठाएको प्रश्नले उनलाई आलोचनामा तान्ने देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago