भर्खरै

वाग्मती सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने

  • प्रकाशित मिति : बुध, भदौ ३१, २०७७
  • - रासस
title

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७÷०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।
कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम  गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
आजको मन्त्रिपरिषद् बैठकले  प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको  आर्थिक मामिला तथा योजनामन्त्री  ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 17 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 22 hours ago