भर्खरै

नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

  • प्रकाशित मिति : शुक्र, असोज २, २०७७
  • - रासस
title
 
 
असोज २,काठमाण्डौ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ ।
 
 
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा यस प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । 
 
कार्यालयमा आगन्तुक पस्दा र निस्कँदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताउनुभयो । 
 
उहाँले भन्नुभयो, महिलाको स्वरुपमा निर्माण भइरहेको रोबोटलाई ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्याउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर दिएर मास्क लगाउन दिनेछ ।ु कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराउनुभयो । 
 
देशमा आज आठौं विज्ञान दिवस मनाइरहँदा नाष्टले स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नव(प्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ । यन्त्र मानवले मानिसको तापक्रम जाँच्ने छु , उहाँले थप्नुभयो, यो पाँच फिट तीन इन्च अग्लो र तौल ५५ किलोको हुनेछ ।
 
समाजका लागि विज्ञान, समृद्धिका लागि नव(प्रवर्तन’ भन्ने नारालाई बढवा दिन देशका ३३ व्यक्ति, संस्थालाई पहिलो पटक सरकारी स्तरबाट अनुदान दिएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । 
 
कोभिड -१९ महामारीको सङ्क्रमणबाट बिरामी व्यक्ति र चिकित्सकलाई सजिलै जोगाउन ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, मोबाइल स्वाब कलेक्सन भ्यान,’ हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनेर दुई वटा ‘हयान्ड वास स्टेसन’, खुट्टाले थिचि हात धुन मिल्ने फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने स्वाब कलेक्सन बुथ’ निर्माण गरिएको उहाँले बताउनु भयो ।
 
यस्तै अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि   आइसोलेशन वार्ड’, सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबोट’, सङ्क्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस् भनी नेगेटिभ प्रेसर स्ट्रक्चर हुड’ निर्माण गरिसकेको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालले बताउनुभयो ।
 
उहाँले भन्नुभयो, हामीले कोरोनाका कारण सहरका घरमा खुम्चिएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन ‘कौशी करेसाबारी’ परियोजना अन्तर्गत हाइड्रोपोनिक सिस्टम’ अर्थात माटो विना कौसीमा पानी, केमिकल र सफा ग्राभेलको प्रयोगमा तरकारी खेती गर्ने प्रविधिको अनुसन्धान समेत गरिरहेका छौँ ।  
 
यसैगरी २०७६ वैशाख ४ गते नेपाली वैज्ञानिकले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा पहिलो पटक ‘नेपाली स्याट- १’ नामक नानो स्याटेलाइट (भूउपग्रह)  प्रक्षेपण गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago