भर्खरै

बाढीले बगाएर तौलिहवा वितरण केन्द्रका दुई कर्मचारीको निधन

  • प्रकाशित मिति : बुध, असोज ७, २०७७
  • - ऊर्जा खबर
title
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत दुई कर्मचारीको आज ९असोज ७ गते बुधबार० साँझ गाडी सहित बाढीले बगाउँदा निधन भएको छ । काम गरेर फर्किँदै गर्दा वाडगंगा खोलामा आएको बाढीले गाडीसहित बगाएको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।
 
अर्यालका अनुसार मृत्यु हुने सुपरभाइजर कृष्ण पौडेल र सवारी चालक माधव पाण्डे छन् । साथै, गाडीमा सवार एक जना उपभोक्ताको पनि मृत्यु भएको उनले जानकारी दिइन् । गाडीमा दुई ज्यालादारी कर्मचारी र अर्का एक जना उपभोक्ता भने खोलामा हाम फालेर पौडेर बाच्न सफल भएका छन् ।
 
मृतक पाण्डेको शव भेटिएको तर पौडेल र अर्का उपभोक्ताको समाचार तयार गर्दासम्म पत्ता लाग्न सकेको छैन । खोलाबाट गाडी समेत निकाल्न नसकेको जनाइएको छ । मृतक पौडेल र पाण्डे अर्घाखाँची र गुल्मी निवासी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
 
विगत केही दिनदेखि अविरल वर्षा भइरहे पनि प्राधिकरणका कर्मचारी निरन्तर काममा खटिएकै छन् । वर्षा, हावाहुरी र प्राविधिक कारणले विद्युत् आपूर्तिमा आउने समस्या समाधानमा खटिँदा धेरै कर्मचारीले ज्यान गुमाउने गरेका छन् । वर्षा र प्राविधिक कारणले केही समय वा घन्टा सेवा अवरुद्ध हुँदा केही अराजक व्यक्ति तथा समूहले लोडसेडिङ सुरु भएको हौवा फैलाइरहेका छन् ।ऊर्जा खबर  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago