भर्खरै

टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो

  • प्रकाशित मिति : बुध, असोज ७, २०७७
  • - अनलाईन खबर
title
असोज ७ गते, काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।
 
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न सकेन । बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।
मर्मतमा खटिएका एक प्राविधिकले अनलाइनखबरसँग भने, ‘रातभरि झरीमा ओत लाग्दै, जम्पर छुटाउँदै हेर्दै गर्‍यौं तर फल्ट पत्ता लगाउन सकेनौं । यो कुरा हामीले माथि रिपोर्टिङ गरेका छौं ।’
गएराति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।
 
नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ । बिजुलीका तार भूमिगत गर्ने कामको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगन्जबाट गरेका थिए ।
बिजुलीको तार भूमिगत गरिएको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि पटक–पटक समस्या आउने गर्दछ । निकुञ्ज क्षेत्रमा तार भूमिगत गरेर माडी क्षेत्रमा बिजुली लगिएको छ ।अनलाईन खबर
 
यो सुचना पनि हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago