स्वदेशी मोडलको नमूना चिलिमे जलविद्युत् आयोजना

  • प्रकाशित मिति : शुक्र, असोज ९, २०७७
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, असोज ९ । चिलिमे जलविद्युत् कम्पनी नेपालको ऊर्जा क्षेत्रको अग्रणी कम्पनीको रूपमा चिनिएको छ । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका कर्मचारी र सर्वसाधारण लगानीकर्ताको सहभागितामा यो कम्पनी खडा गरिएको थियो ।
कम्पनीले सफलतापूर्वक निर्माण एवं सञ्चालन गरेको चिलिमे जलविद्युत् आयोजनाले नेपाली जनमानसमा जलविद्युत् एक लगानी योग्य क्षेत्र हो भन्ने विश्वास बढाइदियो । त्यसैगरी रसुवावासीलाई व्यापक मात्रामा शेयर प्रवाह गर्दा कम्पनीमा उनीहरूको पनि स्वामित्व र अपनत्व कायम भयो । जलविद्युत् कम्पनीले प्रभावित स्थानीयवासीलाई शेयर दिएर लाभान्वित बनाउन सक्छन् भन्ने अवधारणा पनि चिलिमेबाटै शुरू भयो ।
 
चिलिमे जलविद्युत् कम्पनी शेयरधनीलाई राम्रो लाभांश दिन सक्ने कम्पनी मानिन्छ । कम्पनीले आयोजना सञ्चालन भएको पहिलो वर्ष नै १० प्रतिशत लाभांश बाँडेको थियो भने त्यसपछि प्रायः प्रत्येक वर्ष नै लाभांश बाँडेको छ । आार्थिक वर्ष २०६७/६८ मा कम्पनीले ७५ प्रतिशतसम्म लाभांश वितरण गरेको भने २०७५/७६ मा २५ प्रतिशत लाभांश दिएको छ ।
 
स्वदेशी प्राविधिक, ठेकेदार र बैंकहरूको संलग्नता बढाई नेपालको जलविद्युत्को विकास गरिनुपर्दछ भन्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण र उसका कर्मचारीको शेयर लगानीबाट चिलिमे जलविद्युत् कम्पनीको स्थापना गरिएको हो ।
 
नेपाली प्राविधिक, कामदार र ठेकेदार संस्थाहरूलाई काम गर्ने वातावरण बनाइयो भने उनीहरूबाट बनाइने जलविद्युत्् आयोजनाले सबभन्दा सस्तो बिजुली उत्पादन गर्न सक्छ र नेपाली उपभोक्ताले सस्तो बिजुली उपयोग गर्न सक्छन् भन्ने अवधारणा कम्पनीको राख्यो । सोही अवधारणा अनुसार २०६० सालमा चिलिमे खोलामा आधारित २२ मेगावाटको आयोजना करीब २ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण ग¥यो ।
 
रसुवाको चिलिमेस्थित करीब ३ मिटर अग्लो बाँधद्वारा खोलाबाट प्रतिसेकेण्ड ७५०० लिटर पानी फर्काई सो पानीलाई करीब २८ सय मिटर लामो सुरुङबाट स्याफ्रुबेंशीमा भूसतहमुनि रहेको जलविद्युत् केन्द्रमा पु¥याएर २२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उत्पादित उक्त बिजुली करीब ३८ किलोमिटर लामो ६६ केभीको प्रसारणलाइनबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । यो आयोजनाले वार्षिक लगभग १३ करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
 
चिलिमे जलविद्युत् आयोजनाको सफल कार्यान्वयनपछि यो कम्पनीले आफू अन्तर्गत झण्डै ३०० मेगावाट क्षमताका अन्य चारओटा आयोजनाको निर्माण शुरू गरेको छ । यी आयोजनामध्ये केहीले यसै आर्थिक वर्ष ९२०७७र७८० देखि विद्युत् उत्पादन गर्न थाल्नेछन् भने अरूले अर्को वर्ष विद्युत् उत्पादन गर्न थाल्नेछन् । त्यसैगरी कम्पनीले करीब ६५० मेगावाट कुल क्षमता हुने अन्य तीनओटा आयोजनाहरूको अध्ययन गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले आफू अन्तर्गत सहायक कम्पनी बनाएर आयोजना निर्माण र सञ्चालन गरेको पहिलो उदाहरण चिलिमे कम्पनी हो । यसको सफलतापछि प्राधिकरणले आफ्नो स्वामित्वमा थुप्रै कम्पनी खडा गरी विद्युत् आयोजनाको निर्माण गर्दै आएको छ ।
 आर्थिक अभियान दैनिक

प्रतिक्रिया