भर्खरै

महासंघ साधारणसभा गर्न सरकारको अनुमति

  • प्रकाशित मिति : आईत, असोज ११, २०७७
  • - Admin
title
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर दोस्रो साता गर्न सरकारले अनुमति दिएको छ । यसअघि सरकारले अनुमति नदिँदा दुईपटक सरको महासंघ निर्वाचनका लागि कार्यकारिणी समितिले मंसिर ११ र १२ गतेको नयाँ मिति तोकेको छ । महासंघ पदाधिकारी समितिको अघिल्लो शुक्रबार राजधानीमा बसेको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने सहमति गरेको थियो । पदाधिकारी समितिको यो निर्णय कार्यकारिणी समितिको पूर्ण बैठकमा पेश गरिने र समितिले अनुमोदन गरेमात्र कार्यान्वनमा आउने भनिएको थियो ।
महासंघ कार्यकारिणी समिति बैठक अगावै सरकारसँग अनुमतिका लागि आग्रह गरिएको र सरकारले अनुमति दिएको सचिवालयले जनाएको छ । अब कार्यकारिणी समितिले अनुमोदन गरेसँगै निर्वाचनको बाटो खुलेको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष किशोर प्रधान र चन्द्रप्रसाद ढकालले यसअघि नै टिम घोषणा गरिसकेका छन् । साधारणसभासँगै अध्यक्षमा भने शेखर गोल्छा स्वतः निर्वाचित हुनेछन् । चैत २८ गते हुनुपर्ने साधारणसभा पहिलोपटक जेठसम्मलाई सारिएको थियो भने दोस्रोपटक साउनमा गर्ने तयारी थियो ।
महासंघको साधारणसभा काठमाडौंमा हुने भए पनि भीडभाड भने गर्न नपाइने शर्त राखिएको छ । जसअन्तर्गत गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्नुपर्ने र निर्वाचनमा पनि भीड गर्न नपाइने शर्तमा स्वीकृति दिएको हो । मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुने गरि निर्वाचन गर्न अनुमति दिइएको जनाइएको छ । अर्कोतर्फ सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा पुनः निषेधाज्ञा वा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको तयारीका कारण निर्वाचन हुनेमा निश्चिन्त हुन नसकिने अधिकारीहरू बताउँछन् ।
महासंघ सचिवालयले भने सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रूपमा पालना गर्ने र आवश्यक परेमा एकभन्दा बढी स्थानबाट भए पनि चुनाव गर्नेगरी गृहकार्य भइरहेको जनाएको छ ।
 
यो सुचना पनि  हेर्नुहोला।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago