भर्खरै

कोरोनाले एक महिलाको मृत्यु

  • प्रकाशित मिति : सोम, असोज १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो । 
 
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा राति नै उहाँको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उहाँको कोरोना पोजेटिभ देखिएको थियो । 
 
उहाँलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । 
             भर्चुअल मोटीभेसनल तालिम सम्बन्धी सुचना ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago