भर्खरै

कुलमानको पुन नियुक्तिको विषयमा प्रधानमन्त्री र ऊर्जामन्त्री पुन बीच भनाभन

  • प्रकाशित मिति : बिही, असोज १५, २०७७
  • - Admin
title
आश्विन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनबीच भनाभन भएको पाइएको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिएपछि सो पद अहिलेसम्म रिक्त छ । सरकारले कसैलाई नियुक्ति गरेको छैन ।
तर, तिनै कुलमानको विषयलाई लिएर प्रधानमन्त्री ओलीले ऊर्जामन्त्री पुनलाई मन्त्रिपरिषद् बैठकमै हप्काएको बताइएको छ । ओली निकट एक अनलाइनले मंगलबार कुलमानको विषयमा ऊर्जामन्त्री पुनले प्रधानमन्त्री ओलीसँग ‘अव आइन्दा यस्तो गल्ती हुन्न प्रधानमन्त्रीज्यू, क्षमा पाऊँ’ भनेको भनी समाचार बनाएको छ ।
कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिका लागि ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको भन्ने आशयको समाचार मन्त्री पुनको निजी सचिवालय बैठकबाट आएको थियो ।
सो विषयमा चासो राख्दै प्रधानमन्त्री ओलीले भदौ ५ गते ‘ऊर्जामन्त्रीज्यू मन्त्रिपरिषदमा कुलमानको प्रस्ताव कहिले आएको थियो’ भनेर सोधेपछि पुन नाजवाफ भएको बताइन्छ । प्रधानमन्त्रीले हुँदै नभएको विषयलाई मिडियामा ल्याएको भन्दै सचेत गराउँदै हप्काएको बुझिएको छ । स्रोत ः क्यानडा नेपाल 
यो सुचना पनि हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago