पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

  • प्रकाशित मिति : बिही, असोज १५, २०७७
  • - विद्युत संसार संवाददाता
title

असोज १५ गते । काठमाण्डौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।
 
घटेको मूल्यअनुसार पेट्रोल १०६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको हो ।
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ ।
 
नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना संक्रमण
 नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य अवस्था सामान्य भएकाले होम आइसोलेसनमा बसिरहेको पौडेलले जानकारी दिए । उनी केहीदिन देखि होम क्वारेन्टाइनमा बसिरहेका थिए ।
       यो अनलाईन तालिम सम्बन्धी पनि हेर्नु होला

प्रतिक्रिया