भर्खरै

सरकारको सर्वत्र आलोचनापछि विद्युतीय सवारीको अन्तशुल्क घट्यो

  • प्रकाशित मिति : शुक्र, असोज १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, असोज ।  सरकारले विद्युतीय सवारी तथा अन्य केही वस्तुमा लगाउँदै आइरहेको करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार  सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताएका छन् । 
 
आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले उक्त कार्यक्रममार्फत जानकारी दिए । यो व्यवस्था बिहीबार राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए । 
 
मन्त्रीपरिषद्को निर्णय अनुसार चालुु वर्षको बजेट मार्फत विद्युतीय सवारीमा बढाइएको अन्तशुल्क दरलाई घटाइएको छ । व्यापक सार्वजनिक आलोचनापछि सरकारले विद्युतीय गाडीको अन्तःशुल्क २५५ देखि ८०५ सम्म घटाएको छ । अन्तःशुल्क घटे पनि मूल्य अभिवृद्धि कर र भन्सार दर भने यथावत छन् ।  
 
यसैगरी, जलविद्युत आयोजनाको पेनस्टक पाइपको पातामा लाग्ने मूल्य अभिवृद्धि कर पनि हटाइएको छ । जलविद्युत क्षेत्रका लगानीकर्ताले यो व्यवस्था हटाउन माग गर्दै आएका थिए । त्यस्तै, केही औषधिको कच्चा पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर पनि हटाइएको छ । सरकारले गहुँ र मैदाको भन्सार दरमा एक तहको अन्तर कायम गर्ने निर्णय गरको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago