भर्खरै

टिभेट पत्रकारिता पुरस्कार स्थापना

  • प्रकाशित मिति : शुक्र, असोज १६, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
असोज १६ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले टिभेट पत्रकारिता पुरस्कार स्थापना गरेको छ । सिटिइभिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम (टिभेट)  जनसचेतना अभियानअन्र्तगत टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको जानकारी दिएको हो ।
नेपालमा टिभेटसम्बन्धी खोजमूलक समाचार रिपोर्टिङलाई प्रोत्साहित गर्न तथा टिभेटको प्रवद्र्धनमा नेपाली सञ्चारमाध्यमको योगदानको कदर समेत गर्नका लागि सो पुरस्कार स्थापना गरिएको सिटिइभिटीका सूचना अधिकारी अनिल ब्रजाचार्यले जानकारी दिनुभयो । पुरस्कारको राशि प्रमाणपत्रसहित प्रथम हुनेलाई रु ४० हजार, द्धितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १० हजार रहेको छ । पुरस्कारको घोषणा आगामी मङ्सिर १६ गते हुनेछ ।

प्रतिक्रिया