भर्खरै

सेतीखोला जलविद्युत् आयोजनामा तीन अर्ब २५ करोड लगानी जुट्यो

  • प्रकाशित मिति : सोम, असोज १९, २०७७
  • - विद्युत संसार संवाददाता
title

कास्की, असोज । कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लागि लगानी जुटेको छ । आयोजनामा दुई बैंक कुमारी बैंक र इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब २५ करोड लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।
 
प्रवद्र्धक सेती खोला हाइड्रोपावर कम्पनीका अनुसार उक्त आयोजनामा दुईवटा बैंकले रु तीन अर्ब २५ करोड लगानीमा कुमारी बैंकले रु दुई अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले रु एक अर्ब २५ करोड लगानी गर्ने लागेका हुन् ।
बहुपक्षीय सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रतिनिधि रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट भूपेन्द्र पाण्डे तथा प्रवद्र्धक कम्पनीको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत् खरिदसम्बन्धी द्विपक्षीय सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धकबीच हस्ताक्षरसमेत भइसकेको छ । आगामी मंसिरदेखि निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago