भर्खरै

अनलाइन पत्रकार सञ्जाल गठन

  • प्रकाशित मिति : सोम, असोज १९, २०७७
  • -
title
काठमाडौं, असोज । स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन)को गठन गरिएको छ । आजभोलि डट कमका प्रकाशक सम्पादक लोकराज अवस्थीका संयोजकत्वमा आज १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो । 
 
सञ्जालका सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह  छन् ।
 
अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि सञ्जालको गठन गरिएको संयोजक अवस्थीले जानकारी दिनुभयो । अनलाइन सञ्चालक तथा सञ्चारकर्मीले भोग्दै आएका कानूनी तथा व्यावसायिक समस्या र चुनौतीलाई समाधान गर्नका लागि पहल गर्न तथा सरोकार निकायबीच समन्वय गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।
 
अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने  सञ्जालको उद्देश्य छ । सञ्जालले देशभर अनलाइन पत्रकारिताको व्यावसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकारलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झन्झट र विलम्बमा सहजीकरण गर्न पहल गर्ने तथा अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचितरुपमा विज्ञापन वितरणका लागि पहल र दबाब सिर्जना गर्नेछ ।
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago