भर्खरै

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, आज मात्रै देशभर ३ हजार ४ सय ३९ जना संक्रमित

  • प्रकाशित मिति : बुध, असोज २१, २०७७
  • - रुद्रकुमारी श्रेष्ठ
title
 
काठमाडौं,असोज । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ ।
 
बुधबार देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा  पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो । 
सक्रिय संक्रमितको संख्या २५ हजार पुगे पनि स्वास्थ्य मन्त्रालयलाई  मात्र बन्दाबन्दी गर्ने अधिकार नभएको मन्त्रालयले जनाएको छ  । २५ हजार भन्दा माथि सक्रिय संक्रमित पुगेको अवस्थामा स्वास्थ्य संस्थाहरूले धान्न नसक्ने भनेर आँकलन गरिएको थियो । त्यही आँकलनको आधारमा  सरकारमा सिफारिस गर्ने भनिए पनि कोभिड–१९ का बिरामीलाई उपचार लागि हालसम्म अस्पतालले धान्न सक्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ  ।  
 
तर, मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने नियमित कोरोना अपडेट कार्यक्रममा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले बिरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुन नसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका बिरामीहरुको उपचार व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।
 
उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् ।  ‘विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago