भर्खरै

ओली, प्रचण्ड र देउवा मिलेर बुढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार : बाबुराम भट्टराई

  • प्रकाशित मिति : शुक्र, असोज २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

गोरखा ,असोज ।  हालका प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।  
 
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङ्टार नगरपालिका(६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले मिलेर अर्बौंको भ्रष्टाचार गरेको आरोप लगाएको हो । 
 
डाक्टर भट्टराईले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका छन्  । डा. भट्टराईले भने यहाँ ‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट अर्बौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, । बुढीगण्डकी मात्र नभई अन्य ८÷१० वटा आयोजनामा पनि भ्रष्टाचार गरेका छन्,‘मलाई प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु ।
चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशन खोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको उनले बताए ।’
 
त्यस्तै अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए । ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढि कुरा ग¥यो नभन्नु होला । म उहाँको निवासमा गइरहेको हुन्छ । उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ । उहाँ मसँग बिलौना गर्नुहुन्छ लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ ।’

प्रतिक्रिया