भर्खरै

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

  • प्रकाशित मिति : आईत, असोज २५, २०७७
  • - रासस
title
गलकोट, २५ असोज  । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिबेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो ।
 
पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए ।  । लघु जलविद्युतबाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो । “सात महिनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ”, उद्योग सञ्चालक चुडाबहादुर रानाले भने, “केन्द्रीय विद्युत् नभएसम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत् ल्याउने पहल भइरहे पनि केही महिना लाग्ने भयो ।” 
 
लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौँ बिक्री हुँदै आएको थियो । “लघु विद्युतले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सीप लागेन”, उनले भने, “शुरुमा सिक्दासिक्दै घाटा भयो, अहिले विद्युत् नहुँदा लगानी डुब्ने अवस्था आएको छ ।” हाते कागज उद्योगमा झण्डै ५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताए । पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो । 
 
उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्ले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ । पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युत्को आवश्यकता देखिएको छ । 
 
उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका रानाले कागजबाटै वार्षिक रु ३० लाखको आर्थिक कारोवार गर्दै आएको बताउँनुहुन्छ । उद्योगमा अहिले २१५ थान कागज सुकाउने फ्रेम रहेका छन् ।  केन्द्रीय विद्युत् गाउँ आउना साथ फ्रेम थपेर ५०० पु¥याउने उहाँको लक्ष्य छ । 
 
अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । “पाण्डवखानीमा अहिले विद्युतिकरणको काम भइरहेको छ, सामग्री आपूर्ती नहुँदा केही समय लाग्ने भएको छ”, बितरण केन्द्र प्रमुख गोशलीले भने, “यही दसैं, तिहारपछि विद्युत् जडान गरिनेछ, मागको हिसाबले ट्रान्सफर्मर राख्नुपर्ने भएकाले केही महिना त लाग्ला ।” 
 
बागलुङ जिल्लाको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago