भर्खरै

खाली ग्यास सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकियो

  • प्रकाशित मिति : सोम, असोज २६, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, असोज । नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डरको दुई हजार एक सय रुपैयाँ मूल्य तोकेको छ । 
गत असोज २८ गते देखि दुर्गम जिल्ला बाहेक देशैभर लागु हुने गरी खाली सिलिण्डरको मूल्य तोकेको हो । 
पहिलो चरणमा बागमती प्रदेशमा ग्यासको खाली सिलिण्डरको सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको छ ।  यसअघि असोज २ गते बागमती प्रदेशमा समेत संघले सोही मूल्य तोकेको थियो ।
 
खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसँगै खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ । बिक्रेताहरु मार्फत ग्यास लिँदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने संघले जनाएको छ । 

प्रतिक्रिया