राज्य सम्हाल तिमी, बाँडीचुडी खाउँ सबै मिलि

  • प्रकाशित मिति : बुध, असोज २८, २०७७
  • - शिखर श्रेष्ठ
title

नेपालीमा एउटा उखान छ “तिमि पिटेको जस्तो गर, म रोएको जस्तो गर्छु ।” हो नेपाली राजनीतिमा पहिले देखि नै यस्ता उखानको उदाहरणीय घटना हेर्न हामीले कुनै इतिहास पल्टाउन पर्दैन । नेपालमा पछिल्लो समयमा ठूला पार्टीका राजनीतिज्ञहरु र देशको बागडोर सम्हाली रहेको व्यक्तित्वहरु नै ठूला ठूला भ्रष्टाचार र अनियमितताका घटनाहरुमा मुछिएका छन् । 
सरकारमा नहुँदा भ्रष्टाचार नै भ्रष्टाचार देख्ने र सरकारमा हुँदा सदाचार देख्ने परिपाटी नेपाली नेताहरुमा लिप्त प्रमुख समस्याको हो । 
 
 
३३ किलो सुन देखि वाइढ बढी जहाज सम्म र बालुवाटार जग्गा प्रकरण देखि साना ठूला विभिन्न विकासको काम सम्म ठूलादलका शिर्ष नेताहरु कै भुमिका रहेको घटनाहरु एउटा टुंगो नलाग्दै फेरी अर्को घटनाले केही दिन देखि प्रसाय पाएको छ । त्यो घटना हो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्टिय गौरवको बुढीगण्डकी आयोजनामा ९ अर्ब रुपैंया भ्रष्टचार भएको छ भन्ने अभिव्यक्ति । यसमा अझ चासोको विषय त के छ भने हाल वर्तमान प्रधानमन्त्री रहेका के.पी शर्मा ओली र पटक पटक देशको प्रधानमन्त्री समेत भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सरकारका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढीगण्डकी जलविद्युत आयोजना अलपत्र पर्नुमा ९ अर्बको चलखेल भएको आरोप मात्र लगाएको छैन उनले प्रमाण चाहिएमा आफु प्रमाण दिन पनि तयार भएको बताएका छन् ।   
यस घटनालाई सामाजिक सञ्जाल देखि विभिन्न सञ्चार माध्यमले समेत दुई किसिमको व्याख्या र विश्लेषण गर्दै आएका छन् । एकातिर देशका पूर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिले देशको राष्टिय गौरवको आयोजनामा यति ठूलो रकम भ्रष्टाचार गरेको प्रमाण थियो भने उनले के हेरेर बसेका छन् भने कसैले आरोप सँगै प्रमाण देखाउन चुनौती नै दिइएको छ ।  यति ठूलो आरोप लाग्दा समेत तिनै जना आरोपी प्रधानमन्त्री के.पी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल साथै नेपाली कांग्रेसका सभापतिले कुनै मुख खोलेका छैन भने नेपाली कांग्रेसले भने एक विज्ञप्ती नै निकाली भट्टराईलाई प्रमाण देखाउन चुनौती नै दिएका छन् । 
देशका शिर्ष नेताहरुले नै यति ठूलो रकम अनियमियता गरेको एक पूर्व प्रधानमन्त्री समेत रहेको एक जिम्मेवार नेताले यसरी आरोप लगाउँदा समेत सरकार मौन छ । जसकारण आम जनता के बुझ्ने ? के १० वर्षे जनआन्दोलन देखि विभिन्न घटनाक्रम ? आखिर देशमा विकासको लहर भन्दा यसरी नै मिलिजुली बाँडीचुडी खानमा शिर्ष नेता नै लिप्त भएको हो ? अब आम जनताले के बुझ्ने ?
 
 
 सरकारमा नहुँदा भ्रष्टाचार नै भ्रष्टाचार देख्ने र सरकारमा हँुदा सदाचार देख्ने परिपाटी नेपाली नेताहरुमा लिप्त प्रमुख समस्याको हो । 
१० वर्षे जनआन्दोलानलाई जनयुद्धको नाम दिइयो यसको उपलब्धिको स्वरुप नेताहरुले धनयुद्ध सुरु गरेकोे आम नागरिकको चिन्ता र गुनासोको भकारी भएको छ ।
 
 
लोकतान्त्रिक पद्धति अनुसार पनि भटराईले आरोप लगाएर मात्र पुग्दैन उनले लगाएको आरोपलाई प्रमाणका साथ जनता सामु ल्याउनुपर्दछ । कांग्रेसको विज्ञप्तीले भने जसरी भट्टराईले प्रमाणदिन आनकानी गर्न मिल्दैन । ‘हामीलाई यत्ति हेक्का छ की बाबुराम भट्टराईलाई आफ्नो काँधमा बोकेर निर्वाचित बनाएको कांग्रेसले नै हो ।’ 
यस आरोप पछि भट्टराईलाई थप चुनौती थपेको छ । उनले यस विषयलाई गहन रुपले नलिई प्रमाण दिन नसके अजारक र छाडा समाजमा जो जसले जे भने पनि हुने भन्नेमा प्रसाय दिने भट्टराईको अग्रपंक्तिमा नआउँला भन्न सकिदैन् । 
जनता झुक्काउने काम नेताहरुबाट नभएका होईनन् । हाल भ्रष्टाचारको विषयमा चर्को भाषण गर्नेमा भट्टराई अगाडी छन् । स्मरण रहोस् कुनै बेला भट्टराई स्वयले लोकमान सिंह कार्कीलाई कुशल प्रशासक भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बनाउन सहमति जनाएका थिए । 
यसैले भट्टराईको आरोपलाई आम जनताले परालको आगोको रुपमा लिइएको छ । किनकी आरोपलाई प्रमाणमा ल्याउन सक्छन भन्ने आम नागरिकसँग कुनै आशा छैन् । १० वर्षै जनआन्दोलानलाई जनयुद्धको नाम दिइयो यसको उपलब्धिको स्वरुप नेताहरुले धनयुद्ध सुरु गरेकोे आम नागरिकको चिन्ता र गुनासोको भकारी भरिएको छ ।  
१२ सय मेगावटको राष्टिय गौरवको बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा नै निमार्ण गर्ने भनिएको थियो तर सरकार परिवर्तन सँगै यसका निर्माणका स्वरुप पनि परिवर्तन हँुदै आयो जस अन्र्तगत नेकपाको सरकार गठन सँगै केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा विना प्रतिस्प्रर्धा विवादित चाईना कम्पनीलाई दिने निर्णय आफंैमा शंकास्पद छ । २०७२ सालमा नै निमार्ण सुरु गरेर ८ वर्ष भित्रमा निमार्ण सक्ने भनिए सँगै पेट्रोल र डिजेलमा समेत प्रतिलिटर ५ रुपैंयाका दरले राजश्व उठिरहेको अवस्थामा आजको समयमा आई पुग्दा बुढीगण्डकी आयोजना कहिले निमार्ण सुरु हुने र कहिले निमार्ण सक्ने कुनै निश्चित छैन् ।
 
 
आयोजनाबाट प्रभावित बासिन्दालाई मुआब्जाका काम लगभग सकिएको केही समय भएपनि हाल आयोजना निमार्ण सुरु गर्ने कुरा त परैको कुरा झन् देशका एक जिम्मेवार नेताले नै यस्ता आरोप प्रत्यारोप गर्दै गर्दा आम नागरिकमा आयोजना निर्माणको आशा निराशामा परिणत भएको छ । 
भोलीको दिनमा आयोजनाको निर्माण कुन स्तरमा अगाडि बढ्छ भन्ने कुरा यस घटनाले स्पष्ट पारेको छ । किनकी भट्टराईको ९ अर्बको अनियमितताको आरोपमा सरकार अहिले सम्म मौन छ । 
आम नागरिकमा अझै सरकार भएको र सरकार आम नागरिक प्रति अभिभावक्त्त ठान्दछ भने यस घटनाको यथार्थ रुपमा छानमिन गरि सत्यतत्य बाहिर ल्याउन जरुरी देख्दछु ।

प्रतिक्रिया