भर्खरै

नेपाल विद्युत प्राधिकरणमा मैले बुझेको अड्डातन्त्र

  • प्रकाशित मिति : बुध, असोज २८, २०७७
  • - गम बहादुर सोमै
title

नेपाल एउटा प्राकृतिक स्रोतको धनी देश हो । जस मध्ये विश्वमा जलस्रोतको दोस्रो धनी देश पनि हो । जलस्रोतबाट बिजुली उत्पादन गर्न सकिने वा सम्भाव्यता ४३००० मेगावाट रहेको अनुमान गरिन्छ । त्यस अनुरुप चन्द्र शमशेरले १९६८ सालमा फर्पिङ्गबाट ५०० किलोवाट  विद्युत उत्पादन गरी एशियाको पहिलो रेकर्ड राखेको छ । उक्त बेला चन्द्र शमशेरबाट विद्युत निर्माण भएकोले “श्री चन्द्रज्योति प्रकाश” भन्ने चालन पनि गरेको पाइन्छ । शुरुमा बिजुली अड्डाको नाममा रहेको संस्था २०१९ साल भाद्र–१ गते नेपाल विद्युत कर्पोरेशन नाम गरेको थियो । त्यसपछि यस संस्थालाई आत्मनिर्भर बनाउन र विद्युत उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवद्र्धन गर्ने उद्देश्यले २०४१ को ऐेन अन्तर्गत २०४२ भाद्र–१ गते नेपाल विद्युत प्राधिकरण नाम बनाइएको पाइन्छ ।
नेपाल विद्युत प्राधिकरण ऐन २०४१ पछि २०४९ सालमा पहिलो संशोधित भएको थियो । त्यसैगरी ऐन २०४१ को दफा ३५ अनुसार नेपाल विद्युत कर्मचारी सेवा विनियमावली २०६२ पहिलो संशोधन भएको छ । त्यसैगरी ऐनको दफा ३५ अनुसार कर्मचारी सेवा शर्त विनियमावली २०७५ प्रथम संशोधित भएको छ । त्यहीँ संशोधन २०७५ दफा ३४ अनुसार म पनि मितिः २०७६/०१/३० गते नियुक्ति लिई कार्यक्षेत्र सेवामा खटिरहेको समयमा नेपाल विद्युत प्राधिकरण परिधि भित्र देखिएको समस्या र आफुले बुझेको अनुभवहरुलाई उल्लेख गरेछु ।
 
 
१। नेपाल विद्युत प्राधिकरणको अड्डातन्त्र
नेपाल विद्युत प्राधिकरण अहिले नेपालको नम्बर एक मा पर्ने नाफा मूलक संस्थान हो । जहाँ करिब १२ हजार स्थायी र करिब ४/५ हजार अस्थायी गरी १६/१७ हजारलाई रोजगारी दिने एउटा सफल संस्थान हो । कर्मचारी सेवा शर्त विनियमावली २०७५ प्रथम संशोधित आधारमा  आफ्नै छुट्टै कार्यविधि अनुसार सञ्चालन हुने संस्थान हो । नेपाल विद्युत प्राधिकरण पनि गैरसरकारी संस्थान भएकाले एक किसिमको अड्डातन्त्र वा कर्मचारीतन्त्र लागू छ । अड्डातन्त्र भन्नाले सरकारी शासन, जहाँ विभाग र शाखामार्फत तोकिएको कर्मचारीबाट कार्य सम्पादन गरिन्छ भन्ने बुझिन्छ । अथवा अड्डातन्त्र भन्नाले त्यस्तो संगठनलाई बोध गराउँछ, जहाँ व्यक्तिहरु सामूहिक प्रयत्नद्धारा तोकिएको लक्ष्य प्राप्तिमा निर्दिष्ट रहन्छन् अथवा संस्थान भित्र कार्यालयहरुको राम्रो व्यवस्थापनमा कर्मचारीको पदपूर्ति,नियुक्ति र पदस्थापन,सरुवा–बढुवा देखि सम्पूर्ण सेवा सुविधाहरुको व्यवस्थित प्रणालीलाई समान रुपमा कार्य सञ्चालन गर्नु नै अड्डातन्त्र हो । जसले कुनै पनि सरकारी निकाय वा संस्थानलाई सफल पार्न मद्दत गर्दछ ।
Bureaucracy लाई देवनागरिकमा रुपान्तरण गर्दा नोकरशाही,कर्मचारीतन्त्र आदि नमाकरण गरिएको छ । यी शब्दहरु नेपाली वा हिन्दी भाषामा प्रयोग गरिएका छन् । तर Bureau  को अर्थ अड्डा भएकोले Bureaucracy लाई नोकरशाही वा कर्मचारीतन्त्र भन्नुभन्दा अड्डातन्त्र भन्नु बढी मौलिकता देखिन्छ । त्यसैले यहाँ अड्डातन्त्र शब्द प्रयोग गरिएको छ । अड्डातन्त्र ठाउँ,कार्यालय र कर्मचारी अनुसार पनि फरक हुन्छ । त्यसैले नेपालमा अड्डातन्त्रको खसै लागू नभएको  कतिपय विद्धानहरु बताउँछन् ।
 
अड्डातन्त्रको विशेषता  
(Characteristics of Bureaucracy)
 
विश्वका अर्थशास्त्री वा अन्य विद्धानहरु ले पनि यसको परिभाषित गरेको पाइदैन ।  किनकी यो हरेक ठाउँ कर्मचारीको योग्यता,क्षमताको आधारमा पनि परिवर्तन हुने भएकोले म्याक्स वेबरले यसलाई An administrative body या appointed officials  मात्र भनेका छन् । यस विषयलाई राम्ररी चिनाउन उनले अड्डातन्त्रको एक दर्जनभन्दा बढी विशेषताहरु पहिचान गरेका छन् । ती विशेषताहरु निम्नानुसार छन्:
 
१। नियमको पालना(Administration by Rule):
 
कर्मचारीले सम्पादन गर्नुपर्ने कार्यहरु नियमले तोकिएका हुन्छन् । कुनैपनि संगठनमा कर्मचारी नियुक्त गरिएपछि निजले के काम गर्ने,उसको सीमाहरु के हुन्,दैनिक कार्य कसरी गर्ने रु आदि विविध विषयमा नियम तर्जुमा गरिएका हुन्छन् । यही नियमको अधीनमा रही प्रत्येक कर्मचारीले कार्यालयमा आफ्नो  सेवा प्रदान गर्नुपर्दछ ।
 
२। कार्य विभाजन  (Division of Work):
 
कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु बीच कार्य विभाजन गरिएको हुन्छ । विभिन्न विभाग,शाखा कार्यालय र एकाइमा तोकिएको कार्य गर्न सम्बन्धित कर्मचारीहरुलाई आवश्यक अधिकार समेत प्रदान गरिन्छ ।
 
३। पदसोपानको व्यवस्था (Hierarchy)
 संगठनमा संलग्न कर्मचारीहरु पदसोपानमा राखिएका हुन्छन् । माथिल्लो तहमा नीति निर्माता एवं निर्णयकर्ता,मध्यम स्तरमा मध्यम स्तरीय व्यवस्थापकहरु र तल्लो तहमा सहयोगी कर्मचारी विद्यमान रहन्छन् । पदसोपानमा कार्यरत कर्मचारीहरु सबभन्दा माथि थोरै संख्यामा र बीचमा एवं तल्लो तहमा क्रमशः धेरै संख्यामा रहन्छन् । विभिन्न तहमा कार्यरत कर्मचारीको केही हदसम्म अनुपात समेत कायम गरिएको हुन्छ ।
 
४। कर्मचारी वर्गीकरण (Personal Classificatin):
 
कामको स्वरुप हेरी अड्डातन्त्रमा कर्मचारीहरु सेवामुखी र उत्पादनमुखी गरी वर्गीकृत  गरिन्छन् । आफ्नो कार्यअनुरुप उनीहरुको वृत्ति विकास गरिन्छ ।
 
५।लिखित निर्णय  (Written Decision):
कर्मचारीहरु आउँछन्, जान्छन् तर तिनीहरुले गरेका कतिपय निर्णयले दूरगामी प्रभाव पार्ने भएकाले प्रत्येक निर्णय गर्दा टिप्पणी उठाउने, परामर्श लिने आदि गरिन्छ र लिखित रुपमै निर्णय दिइन्छ ।
६।सम्झौता समजदारीको विकास  (Contract Agreement):
कार्यालमा सम्पादन गरिने कार्य सम्झौता समझदारीबाट हुन्छ । कर्मचारीलाई नियुक्त दिँदा, निर्णय दिँदा अथावा कार्यालयसित हुने विभिन्न पत्रचारमा यो पक्रिया जारी रहन्छ ।
 
७। योग्यताका आधारमा छनौट
(Selection by Merit):
कर्मचारीहरु नियुक्त गर्दा विज्ञापन गरी योग्यताको आधारमा चयन गरिन्छ । यस्तो कार्य गर्न लोकसेवा आयोग जस्तो स्वतन्त्र निकायको स्थापना गरिएको हुन्छ । उम्मेदवारहरु बीच प्रतिस्पर्धा गराइन्छ ।
 
८. तलब भत्ताको व्यवस्था  
(Remuneration):
कार्यालयमा तोकिएको समयसम्म काम गरेबापत कर्मचारीलाई पारिश्रमिक वा तलब भत्ता तथा अन्य सुविधा दिइन्छ । यस सिलसिलामा पारित गरिएका नियम कानुन सबैका लागि समान रुपमा लागु गरिन्छ । पदअनुरुपको तलब स्केल निर्धारण गरिन्छ ।
 
९। आम्दानीको स्रोत कार्यालय (Office as a Source of income) :
 कर्मचारीले कार्यालयबाट जे–जस्तो आर्थिक सुविधा प्राप्त गर्दछ , त्यो नै उसको आम्दानीको स्रोत हो । यस्तो किन भनिएको हो भने कर्मचारीले आपm्नो पूरा समय कार्यालयमा समर्पित गरेको हुन्छ । साधारणतया अड्डातन्त्रमा कार्यरत पदाधिकारीहरु अन्य कार्यालयमा आंशिक समय काम गर्दैनन् वा गरेको भए पनि कार्यालयको स्वीकृति लिन पार्ने अनिवार्य हुन्छ ।
 
१०। वृत्ति विकासको अवसर (Opportunity for Career Development) :
कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरु का लागि यो सुविधा छ । कर्मचारीको योग्यता,क्षमता,सेवा र जेष्ठताको आधारमा यो अवसरको मौका दिइन्छ । 
 
११। मर्यादापालन   (Discipline) :
प्रत्येक कर्मचारीले अनुशासनमा रहि कार्य गर्नुपर्दछ । पद अनुसार र सामान पदमा योग्यता अनुसार आदर साथै हाकिमलाई देखाउन पर्ने आतिथ्य र सहायकसित गर्नुपर्ने व्यवहारसित ऊ राम्ररी परिचित हुनुपर्दछ ।
१२। समय निर्धारण  (Time Bound) :
कार्यालयमा काम गर्ने समय निर्धारित गरिएको हुन्छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म वा हप्ताको यत्ति घण्टा आदि विभिन्न समय निर्धारण गरिन्छ । यस समयका अतिरिक्त थप समय काम गर्नुपरेमा नियमानुसार थप ज्याला वा अन्य सुविधा दिइन्छ ।
 
१३।  आचारसंहिता    (Code of 
Conduct):
आचारसंहिता अन्र्तगत कर्मचारीले के गर्न हुन्छ र के गर्न हुँदैन भनि सीमा तोकिएको हुन्छ । आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारी दण्डनीय हुन्छ ।
 
१४। नोकरीको संरक्षण  
(Service Guarantee) :
कुनै पनि कर्मचारीलाई आफुखुशी बरखास्त गर्न मिल्दैन । निजले गरेको कामको प्रतिरक्षा समेत गरिन्छ ।
 
१५।तटस्थ प्रशासन  (Neutral Administration):
सेवारत कर्मचारीले निष्पक्ष भई कार्य गनुपर्दछ । विना ईष्या तथा विना कृपाको भावना अनुरुप सम्पूर्ण प्रशासन सञ्चालन गरिन्छ ।
यसरी अड्डातन्त्रलाई निम्न विशेषताहरुमा उल्लेख गरिए तापनि यहीँ विशेषता भित्र कार्यालयहरु मा कतिको कार्यन्वयनमा छ भनेर सकारात्मक र नकारकत्मक दुवै दृष्टिले हेर्ने चलन छ । सकारात्मक दृष्टिअन्तर्गत  सरकार वा संस्थानको यो अभिन्न अंग हो । यसको गैर–उपस्थितिमा उसले कुनै पनि नीति निर्णयहरु कार्यान्वयन गर्न सक्दैन । किनभने अड्डातन्त्रको विशेषता भनेकै यथार्थ (Precision), निरन्तरता  (Continuity)  ,अनुशासन (Discipline) , नियति  (Strictness) र विश्वसनीयता  (Reliability)  हुन् । कार्यालय तथा संगठन सञ्चालन गर्ने सिलसिलामा यी गुणहरुको उपस्थिति प्रार्थनीय हुन्छन् । यी कुराहरु राम्रोसँग कार्यन्वयन भएमा सकारात्मक पक्षले हेर्न सकिन्छ ।
तर अड्डातन्त्रलाई नकारात्मक दृष्टिले हेर्दा यसभित्र ढिलासुस्ती (Redtapism) को जुन प्रयोग पाइन्छ । त्यसबाट भुक्तभोगीहरुले मात्र यसको अर्थ बुझ्न सकिन्छ । नियम–कानुनलाई तेस्र्याएर अड्ने, काम पन्छाउने,पुरानै परम्परा लिएर हिँड्ने,हैकम चलाउने (Domination)  र आफ्नो सुविधामा काम गर्ने आदि पद्धतिले गर्दा खासगरीकन विकासोन्मुख देशमा अड्डातन्त्र वरदानभन्दा अभिशापका रुपमा समेत परिचित हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको हकमा हेर्ने हो भने अड्डातन्त्रको कार्यन्वयन अलिकति पनि भएको पाइदैन । किनकी प्रत्येक कार्यालयहरु मा व्यवस्थित  र कर्मचारीतन्त्रका कुराहरु कार्यालय प्रमुख अनुसार फरक–फरक देखिन्छ । पद,योग्यता र क्षमता भन्दा पहँुच,नातावाद,कृपावाद र चाकरीपनले बढी प्राथमिकता पाएको देखिन्छ । सुपरीवेक्षकको  कुनै पनि काममा अनुगमन (Observation) भएको पाइदैन । त्यसै अड्कलमा मूल्यांकन  गरेको पाइन्छ । त्यहीँ भएर नै पहँुच,नाता र चाकरीपनले बढी प्राथमिकता पाउने देखिन्छ । अनुगमन विना मूल्यांकन गरेर कुनै थप सेवा सुविधा ओभर टायम भत्ताहरुमा पनि अनियमित र पहुँच एवं चाकरीपनलाई प्राथमिकता देखिन्छ ।
नेपालको कर्मचारी सेवा शर्त पछिल्लो  विनियमावली अनुसार निजमति सेवातिर भन्दा संस्थानतिर धेरै फरक पाइन्छ । अर्को कुरा नेपाल विद्युत प्राधिकरणमा तीन (३) किसिमको कर्मचारीहरु भएको पाइन्छ । (१) परिक्षा प्रणालीको मध्यमबाट नियुक्त कर्मचारी (२) करार तथा संरक्षकको मध्यमबाट नियुक्त कर्मचारी (३) ज्यालादारी तथा गोटा कर्मचारी । यी तीन किसिमका कर्मचारीहरु वितरण केन्द्रहरुमा पद,योग्यता र क्षमता भन्दा अलग तरिकाले पहुँच, नातवाद र चाकरीपन हवी भएको देखिन्छ । त्यसैले अड्डातन्त्र वा कर्मचारीतन्त्र भन्दा मनपरीतन्त्र बढी देखिन्छ । त्यसो त अहिले खासगरीकन कतिपय संस्थान (Corporation) र गैरसरकारी संस्थाहरु (NGO'S) ले त अड्डातन्त्रको आधारभूत पक्षलाई समेत अनुसरण गरेका छैनन् भनेर विद्धानहरुले भन्ने गर्दछ । अड्डातन्त्रको कति पनि अनुसरण गरेको छैन भन्ने उदाहरण स्वयं आफैंलाई पारेको महासुस हुन्छ । किनकी मितिः २०७६/०१/३० मा जनसाधन विभागबाट कृष्णनगर वितरण केन्द्रमा पदस्थापन गरी महाराजगंज सवस्टेशनमा खटाईएको थियो । तर उक्त सवस्टेशन अझैसम्म सञ्चालनमा छैन । त्यसैले  विना अनुगमन तल्लो देखि मथिल्लो निकायसम्मले मूल्यांकन गरी निर्णय गर्दछ भन्ने स्पष्ट हुन्छ । यहीँ करण पनि अड्डातन्त्र भित्रको सेवा शर्त विनियमावली पूर्ण रुपमा लागु छैन भन्ने छर्लङ्ग हुन्छ ।   
नेपाल विद्युत प्राधिकरणमा अड्डातन्त्रमा प्रभाव पार्ने अर्को पक्ष भनेको टे«ड युनियन हो जस्तो देखिन्छ । वास्तवमा टे«ड युनियन भनेको मजदुरहरुको अवस्था सुधार गर्ने उद्देश्यले गठन गरिएको एक संगठन हो । यो कामदारहरुको हकहितको लागि गठन गरिएको एक श्रमिकहरु को शोषणको विरुद्ध लाग्ने टिम वा संगठन हो । खासगरी औद्योगिक क्रान्तिको पणिाम स्वरुप श्रमिकहरु को अधिकार न्यूनतम् मानवीय सेवा व्यवहारमा उतार्न र व्यावसायिक सुरक्षा विषयहरुमा दमन र शोषण हुन नदिन स्थापना गरिएको श्रमिकहरुको एक संगठन हो । पछिल्लो समयमा पेशागत हकहितको संरक्षण र संवद्र्धन गर्न ऐन ल्याएर, दर्ता गरी प्रतिष्ठित रुपमा टे«ड युनियन सञ्चालन भएको पाइन्छ । त्यसै अनुरुप नेपाल विद्युत प्राधिकरणमा पनि ३ वटा अधिकारिक टे«ड  युनियन रहेको देखिन्छ । सबै आ–आफ्नो मतहतको युनियनमा लिप्त हुन्छन् । त्यसैले नयाँ नियुक्त स्वतन्त्र कर्मचारीहरुलाई अन्योलमा हुने देखिन्छ । या कुनै न कुनै संगठनमा अबद्ध हुन पर्ने बाध्यता सिर्जना हुन्छ । यसको मूल जड भनेकै अड्डातन्त्रको कमजोरी हो । त्यसैले यस पक्षबाट पनि अहिले  अड्डातन्त्रमा  नकारात्मक प्रभाव पारेको देखिन्छ ।
नेपाल विद्युत प्राधिकरणमा अड्डातन्त्रको सही सदुपयोग नभएर देखिने अर्को समस्या भनेको वितरण प्रणाली देखि ग्राहकसम्मको दूरी बीच हुने समस्या हो । यहीँ बीचबाट प्राधिकरणलाई नाफा र घाटाको सम्बन्ध जोडेको हुन्छ । मुख्य कुरा प्राविधिक समस्या वा सबै प्राविधिक ज्ञान प्राप्त नभएको कर्मचारीहरु खटिए भने  पनि त्यस्तै समस्या उत्पन्न हुने गर्दछ । व्यवस्थित तरिकाबाट लाइन वितरण भएन भने पनि बढी बिग्रने समस्या भएर प्राधिकरणमा घाटा हुने गर्दछ । त्यसैले पहुँच र चाकरीपन अनुसार चल्ने भएकोले ३ किसिमको कर्मचारीहरु व्यपस्थित रुपमा देखिन्न । त्यसै माथि वितरण केन्द्र कार्यालयबाट अनुगमन नहुने र मर्मत टिमको कुनै भूमिका नभएकोले ट्रान्सफर्मरहरु धेरैमा सिलिकाजेल जडान गरिएको पाइदैन । सिलिकाजेल नै नराखेपछि ट्रान्सफर्मरको तेल खराब भएको÷नभएको कुनै जानकारी हुने भएन । त्यसैले तेल नयाँ परिवर्तन हुँदैन । ट्रान्सफर्मरमा  तेलले गर्न पर्ने कार्यहरु नै  बन्द भएपछि धेरै ट्रान्सफर्मर खराब भएको पाइन्छ । अर्को कुरा मापदण्ड अनुसार लाइटिङ्ग एरेष्टर हुँदैन र आर्थिङ्ग पनि राम्रो तरिकाबाट नभएको कारण पनि डिस्क पिनहरु ख्।राब हुने भएको पाइन्छ । कसरी हुन्छ बत्ती बले हुन्छ भन्ने प्रवृत्तिले यो समस्या आउने गरेको पाइन्छ । लोड अनव्यालेन्स  कारण पनि ट्रान्सफर्मरमा आउने समस्या  देखिन्छ । यी सिस्टमहरुको कुरा गर्दा नयाँ कर्मचारीको सुनुवाइ नहुने देखियो । अनुगमन र मर्मत फाँटको भूमिकाको कमजोरी नै यो समस्या हो । यी समस्या आउन नदिए प्राधिकरणको धेरै खर्च घाट्नेछ । अथावा खर्च कटौती गर्न सकिन्छ । 
अर्को कुरा यहाँको क्षेत्रमा हेर्ने हो भने विद्युत चुवहाटको तथ्यांक नै गलत छ । किनकी वितरण प्रणालीमा गएको सवस्टेशनको Outgoing value र ग्राहकको Received Bill  को आधारमा चुहावट  Correct  आउँदैन । किनभने त्यहाँ प्रयोग भएको कन्डक्टर र फिडरको साथ कन्जुमार लाइनसम्म दूरीमा भर पर्दछ । कुन कन्डक्टर प्रयोग गरिएको छ त्यसमा निर्भर हुने र दूरी अनुसार पनि Resistance, Reactance, र Impedance पनि फरक हुने हुँदा Voltage drop पनि फरक हुन्छ । अर्थात लामो फिडर र Branch  बढी भएको,धेरै ट्रान्सफर्मर भएर एल.टी. लाइन बढी भएको फिडरमा बढी Voltage drop मचयउ हुने गर्दछ । त्यसैले यहाँ  तराईको क्षेत्र भए तापनि यातायातको संरचना हुन अगावै लाइन विस्तार भएको वा अन्य कारण ६०% वितरण लाइन खेतको  बीचबाट र जंगल भित्र रहेको अवस्था छ । वितरण लाइन र सर्भिस लाइनहरुमा धेरै रुखहरु निजी जग्गामा रहेको हु“दा कटाइमा समस्या छ । एउटै फिडरमा ९० वटा ट्रान्सफर्मरहरु छ । अनि १४ वटा भन्दा धेरै ब्रान्चहरु छ । त्यहीँ ट्रान्सफर्मर र ब्रान्चहरु भित्र थुप्रै एल।टी लाइनहरु छ । ती एल।टी। लाइनहरु गाउँ र जंगल क्षेत्रमा पर्ने भएकोले कहीँ  कतै रुखहरु छोएकै अवस्था हुन्छ । त्यहीँबाट पनि  लोड लिएर Resistance बढी भएर ख्यतिबनभ Voltage Drop हुने गर्दछ ।
अर्को कुरा Transmission लाइनमा बढीमा १७५ र Distribution लाइनमा बढीमा ५०% सम्म Current Losses हुन्छ । यहीँ Current Losses भित्र पनि Technical     Losses र Non–Technical Losses गरी दुई किसिममा छुट्टयाउन सकिन्छ । धेरै लामो दूरीमा Transmission र Distribution लाइन , धेरै ब्रान्चहरु र ट्रान्सफर्मरहरु पनि धेरै भएकोले Node Point धेरै भएर  त्भअजलष्अब िसमस्याबाट ३०% जत्ति Losses हुन जान्छ । Junctions Point  मा राम्रोसँग मापदण्ड अनुसारको कन्डक्टर प्रयोग नगर्नले पनि Current Losses  हुन्छ । Current Losses  भित्र पनि  Fixed Technical Losses  र Variable Technical Losses  गरी  दुई किसिमको  हुन्छ ।      Fixed Technical Losses  मा पनि Corona Losses, Leakage Current Losses ,Dielectric Losses, Open Circuit Losses, Losses caused by continuous load of measuring elements र ीLosses caused by continuous load control elements  पर्दछ । Variable Technical Losses  मा पनि oule losses in lines in each voltage level ,Impedance losses र Losses caused by contact resistance  पर्दछ ।
त्यस्तै Non–Technical  Losses leq Related to meter reading, Defective meter and error in meter reading, Billing of customer energy consumption, Lack of administrations, financial constraints आदि पर्दछ । अर्को कुरा महाराजगंज फिडरको लाइनत्राट तौलिहवा वितरण केन्द्रको ६८ वटा भन्दा बढी मिटर जोडेको छ । यसरी कृष्णनगर वितरण केन्द्रको महाराजगंज फिडरमा अहिले सम्म निकालेको विद्युत चुहावट तथ्यांक १००% नै सहि हुन सक्दैन । विना अध्ययन, अनुगमनबाट निकालेको तथ्यांक गलत छ भन्ने मेरो ठम्याई छ ।
यसरी समग्रमा मेरो ५ वर्षको टिचिङ्ग, ःMicro Hydropower Estimating costing and Installations, विभिन्न संघ संस्था र संगठनहरुमा नेतृत्व र व्यवस्थापन, विविध तालिमहरु, विविध प्रोजेक्ट र काममा देशको आधी भन्दा धेरै जिल्ला भ्रमाण तथा मास्टर्स अध्ययन सम्ममा पाएको जे जत्ति अनुभव छ । त्यो  भन्दा धेरै फरक पाएको छु । त्यसैले लोडसेडिङ्गको अन्त्य गरे पनि अझै धेरै कुरामा सुधार गर्नु पर्ने देखिन्छ । यो एउटा सेवा र नाफा मूलक दुईवटा पाटामा एक अर्कामा सम्बन्धित संस्थान भएकाले Administrations, Accounting तथा त्भअजलष्अब िकुरालाई व्यवस्थित र निष्पक्ष अनुगमन गरेर अनावश्यक फजुल बिल पेश खर्चको व्यवस्थापन गर्नुपर्दछ । उक्त खर्च घटाएर भ्एच् को व्यवस्था भएमा कोही पनि कर्मचारी थिचोमिचोमा पर्ने छैन । कार्यालय भित्र  समन्वय र  समिक्षा अझैसम्म  भएको पाइएको छैन । त्यसैले नेपाल विद्युत प्राधिकरणमा अड्डातन्त्र/कर्मचारीतन्त्रमा धेरै सुधार हुन बाँकी छ जस्तो लाग्छ र अड्डातन्त्र अनुसरण गर्नुपर्ने आवश्यक देखिन्छ ।   

प्रतिक्रिया