भर्खरै

केशव बडाल सहकारी पत्रकारिता सम्मान आदर्शसञ्चारकर्मी पन्तलाई

  • प्रकाशित मिति : बुध, असोज २८, २०७७
  • - प्रदिप श्रेष्ठ
title
बागलुङ,  असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिने भएको छ ।
 
रिलायव बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंको मंगलवार आयोजित २२ औं साधारण सभाको अवसरमा नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान पन्तलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
 
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना भएको हो ।
हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारण सभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष कोरोना संक्रमणका कारण घोषणा मात्र गरिएको र सहज अवस्था भएप्िछ प्रदान गरिने संस्थाका सचिव विजय सुन्दर खड्काले जानकारी दिए ।
 
बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सहसम्पादक हुन् ।  केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित भएको थियो । रिलायलव साकोसको २२ औं साधारणसभामा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका सञ्चालक के.बी.उप्रेतीले संस्थाले वित्तीय तथा अन्य क्षेत्रमा राम्रो सुधार गर्दै गएको र सञ्चार लगायत अन्य क्षेत्रमा समेत काम गरेर पहिचान बढाएको बताए ।
  संस्थाका अध्यक्ष ओमदेवी मल्लाले कोभिड १९ को महामारीका बीचमा पनि संस्थाले शेयर सदस्यहरुलई नियमित सेवा दिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago