भर्खरै

आरोप प्रमाणित गर्न नसके झुण्डिन तयार छु : पूर्व प्रधानमन्त्री डा.भट्टराई

  • प्रकाशित मिति : बुध, असोज २८, २०७७
  • - विद्युत संसार संवाददाता
title
असोज २८ काठमाडौ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आफुले केही दिन अगाडि अनियमितताको विषयमा बोलेको विषय प्रमाणित गर्न नसके आफूले मृत्यु दण्ड भोग्न पनि तयार रहेको बताएका छन् । 
 
पत्रकार राजेन्द्र बानियाँसँग संवाद कार्यक्रमको बुधबार एभिन्यूज टेलिभिजनले सार्वजनिक गरेको एक प्रोमोमा डा.भट्टराई यस्तो अभिव्यक्ति दिएका हुन् । पूरा कार्यक्रम आज बेलुकी ९ बजे एभिन्यूज टिभिमा प्रसारण हुने छ । 
 
पूर्व प्रधानमन्त्री डा. भट्टराईले गत हप्ता गोरखाको पालुङटारमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्यूत आयोजनामा अन्योल पार्नुमा देश कै शिर्ष नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा साथै वर्तमान प्रधानमन्त्री के.पी ओलीले ९ अर्ब अनियमितता गरेको आरोप लगाएका थिए । 
केही दिन यता पूर्व प्रधानमन्त्री डा. भट्टराईको यो आरोप प्रमाणित गरेर देखाउन सामाजिक सञ्जाल देखि केही नेताहरुले समेत चुनौती दिइएको छ । 
 
कार्यक्रमको प्रोमो हेर्न तलको लिंक थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago