आरोप प्रमाणित गर्न नसके झुण्डिन तयार छु : पूर्व प्रधानमन्त्री डा.भट्टराई
- प्रकाशित मिति : बुध, असोज २८, २०७७
- - विद्युत संसार संवाददाता

असोज २८ काठमाडौ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आफुले केही दिन अगाडि अनियमितताको विषयमा बोलेको विषय प्रमाणित गर्न नसके आफूले मृत्यु दण्ड भोग्न पनि तयार रहेको बताएका छन् ।
पत्रकार राजेन्द्र बानियाँसँग संवाद कार्यक्रमको बुधबार एभिन्यूज टेलिभिजनले सार्वजनिक गरेको एक प्रोमोमा डा.भट्टराई यस्तो अभिव्यक्ति दिएका हुन् । पूरा कार्यक्रम आज बेलुकी ९ बजे एभिन्यूज टिभिमा प्रसारण हुने छ ।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले गत हप्ता गोरखाको पालुङटारमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्यूत आयोजनामा अन्योल पार्नुमा देश कै शिर्ष नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा साथै वर्तमान प्रधानमन्त्री के.पी ओलीले ९ अर्ब अनियमितता गरेको आरोप लगाएका थिए ।
केही दिन यता पूर्व प्रधानमन्त्री डा. भट्टराईको यो आरोप प्रमाणित गरेर देखाउन सामाजिक सञ्जाल देखि केही नेताहरुले समेत चुनौती दिइएको छ ।
कार्यक्रमको प्रोमो हेर्न तलको लिंक थिच्नुहोस् ।